
भारतलाई गिरीजाले के दिदैछन्
by
Nepal Info
on Sun 30 Apr 2006 09:57 PM CEST
What is behind the huge packet ?
हरेकपटक नेपालको सत्ता परिवर्तन हुनासाथ भारत भ्रमणमा जाने नेपाली प्रधानमन्त्रीहरुको पुरानो चलन नै हो। यसपटकपनि प्रधानमन्त्री भएकै दोश्रो सातामा प्रधानमन्त्री गिरीजा प्रसाद कोइराला भारत भ्रमणमा जादैछन्। मइ महिनाको तेस्रो सातासम्म भारतिय संसदको अधिवेशन चलिरहनेहुदा यहि मौका पारेर गिरीजा उता जान लागेका हुन्। हिन्दी भाषामा प्रकाशित बिबीसीको वेभ साइटमा यो जनाइएको हो ।
नेपालका प्रधानमन्त्री भएका हैसियतले भारत भ्रमण गर्नु नेपालीकालागि आपत्तीको विषय होइन तर प्रजातन्त्र आएको हरेक समयमा भारतलाई नेपालको केहि न केहि चिज दिएर खुसी पार्दै आएको नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले यो पटकपनि भारतलाई केहि नदेला भन्न सकिन्न। त्यसैले नेपाली जनताले प्रधानमन्त्री कुन उदेश्यकालागि भारत जादैछन् भन्ने कुरा थाह पाउनै पर्छ। नत्र भने टनकपूर कान्ड या कोशी व्यारेज संझौता जस्ता घातक कुरा नेपालीले फेरि सहन पर्ने हुन्छ।

सम्बिधान सभाकालागि पेरिसमा बहस
by
Nepal Info
on Sun 30 Apr 2006 06:15 PM CEST
A discussion programme in Paris for Constituent Assembly
भोली सोमबार फ्रान्सको राजधानी पेरिसमा प्रजातन्त्रवादी युवाहरुले एक पिकनिकका साथै वर्तमान अवस्थामा प्रवाशी नेपालीहरुले खेल्न सक्ने भूमिका बारे छलफल समेत राखिएको छ।
नेपालमा लोकतन्त्र आयो भनिए पनि अधिकाम्श पेरिसवाशी युवाहरुको धारणा भने फरक पाइएको छ। अधिकाम्शले नेपालबाट आन्दोलनकै बलमा राजतन्त्रलाइ फाल्नु पर्ने तर्क गर्दै आएका छन्। निसर्त सम्बिधान सभाको चुनावगरि माओवादिलाइ राजनीतिको मूल धारमा ल्याउन नसके अहिलेको सम्सद स्थापनाबाट देशको समस्या समाधान हुन नसक्ने बरु धोका हुनसक्ने धारना उनिहरुको छ।
त्यसैले पनि नेपालमा सम्बिधान सभाको चुनावकालागि कसरि याहाका नेपालीहरुले भुमिका खेल्न सक्छन् भन्ने बारेमा पनि छलफल हुने बताइएको छ। यसका लागि आआफ्ना सङ्सम्स्थाको तर्फबाट ब्यानर, पोष्टर र प्रजातन्त्रका पक्षमा प्लेकार्डहरु लिएर उपस्थित हुन नेपाली तथा यहाका नेपालप्रेमी फ्रान्सेलीहरुलाइ आभ्वान आव्हान गरिएको छ। त्यसको लागि एक समीतिनै बनेको छ। जसमा निर्मल अर्याल, सुमन कार्की, बिनोद खकुरेल र सुवर्ण क्षेत्री छन।
पिकनिक परिसस्थित प्रसिद्द पार्क सातो द भासेन को बुद्द गुम्बा नजिक राखिएको छ। यो कार्यक्रम सकिएपछि मे १ बिश्व मजदूर दिवशका उपलक्ष्यमा यहाको प्रसिद्दस्थल प्लास द ला रेपुब्लिक भन्ने ठाउमा फान्सका अन्य सङ्गठनसङ्गै जुलुशमा मिसिएर नेपालको प्रजातान्तृक आन्दोलनकको लागि प्रदर्शन गरिने छ। त्यसको लागि प्राजतन्त्रवादि नेपालीहरु बिभिन्न नारा, प्लेकार्ड र नाराहरु बनाउन यहा आज जुटेका छन।

राजाले सम्मान गरेका हुन या फसाउने चाल
by
Nepal Info
on Sun 30 Apr 2006 05:45 PM CEST
Constituent assembly proposal passed in HoR

राजा ज्ञानेन्द्र र गिरिजाप्रसाद कोइरालाबीच बोलचाल र हेराहेर नभएको धेरै समय भएको थियो । उनीहरुबीच भेटघाट हुन कोइराला प्रधानमन्त्री हुनै पर्यो । उनीहरुको आज चाहिं राम्रैसंग भेट भयो, त्यो पनि नारायणहिटी राजदरबारमै । कोइराला अस्वस्थ छन, त्यही कारण हो वा किन राजाले उनलाई समातेर कुर्सीमा बसाए, अनिमात्र राजा बसे । यसले राजा जनताको छोरासंग नरम भएको देखियो । उनले कोइरालाको हारुदिकतापूर्वक स्वागत गरे, त्यो पनि दरबारमा । तर सत्य खोज्न बांकी छ । सत्ताको भोक नमेटेका राजाले जनताको छोरोलाई सम्मानै गरेको हो या फसाउने चाल चलेको हो । जनताको कांध चढेर प्रधानमन्त्री भएका कोइरालाले राजाबाट सपथ खान नहुने सडकको आवाज लत्याएका छन । more »

जनआन्दोलन दबाउनेहरु अझै सांसद
by
Nepal Info
on Sun 30 Apr 2006 04:37 PM CEST
जनआन्दोलन-२ मा दमन गर्ने अभियुक्तहरुलाई कारबाही गर्न उच्चस्तरीय न्यायिक समिति गठन गर्ने पुनस्थापित प्रतिनिधि सभामै नौ जना सांसद यस्ता छन, जो २०४६ सालको जनआन्दोलनमा दमन गर्नेको सूचीमा थिए ।
उति बेला मल्लिक आयोगले डामेका नौ जना वर्तमान मन्त्रिपरिषद्मा छन । २०४६ को जनआन्दोलन दबाउने भनी मल्लिक आयोगले नरबहादुर बुढाथोकी, बद्रीप्रसाद मण्डल, मृगेन्द्रकुमार सिंह यादव, पशुपतिशम्शेर राणा, र्सर्ूयबहादुर थापा, कृष्णचरण श्रेष्ठ, बेनुपराज प्रर्साई, दिलबहादुर लामा, शरदसिंह भण्डारीको नाम किटेको थियो ।
डोल्पाबाट निर्वाचित सांसद बुढाथोकीको पद रिक्त राख्न एमाले पार्टीले संसद सचिवालयलाई पत्राचार गरिसकेको छ । जनआन्दोलन-२ समेत दबाउने मोरङ्ग-७ का सांसद एवं सद्भावना पार्टी अध्यक्ष मण्डल र त्यही पार्टीका सदस्य सप्तरी-५ का यादव निरंकुश शाही सत्ताको नयां संरचना क्षेत्रीय प्रशासक थिए । मण्डल शाही मन्त्रिपरिषद्का सदस्य समेत थिए । more »

युवराज पारसलाइ फासी दिनुपर्छ
by
Nepal Info
on Sun 30 Apr 2006 01:58 PM CEST
Crown prince’s another crime
'पारस चोर देश छोड, पारस गुण्डा रुखमा झुण्डा' नेपालका उदण्ड र उछृंखल युवराज पारस विरुद्ध सडकमा यस्ता नारा लाग्दा लाग्दै आन्दोलन रोकिएको छ । ती नाराले सार्थकता पाएका छैनन । जनताले पारसलाइ झुण्डाउनै पर्ने स्थिति छ । विगतमा पटकपटक सार्वजनिक स्थलमा गोली चलाउने, सर्वसाधारणलाइ कुटपिट गर्ने र गायक प्रविण गुरुङको हत्या गरेको धेरै भएको छैन । हुन त यिनले उसैको ठूला बाका तर्थात तल्कालिन राजा विरेन्द्रको वंशकै पनि 'स्वचालित हतियार प्रयोग गरी' हत्या गरेकै हुन । यी अन्तराष्ट्रिय अपराधी हुन । तर राजाको छोरा भएकै कारण उनी जतिसुकै गुण्डा, कालोपदार्थ सेवक र जनता मार्दै हिडे पनि ... more »