Crown prince’s another crime
'पारस चोर देश छोड, पारस गुण्डा रुखमा झुण्डा' नेपालका उदण्ड र उछृंखल युवराज पारस विरुद्ध सडकमा यस्ता नारा लाग्दा लाग्दै आन्दोलन रोकिएको छ । ती नाराले सार्थकता पाएका छैनन । जनताले पारसलाइ झुण्डाउनै पर्ने स्थिति छ । विगतमा पटकपटक सार्वजनिक स्थलमा गोली चलाउने, सर्वसाधारणलाइ कुटपिट गर्ने र गायक प्रविण गुरुङको हत्या गरेको धेरै भएको छैन । हुन त यिनले उसैको ठूला बाका तर्थात तल्कालिन राजा विरेन्द्रको वंशकै पनि 'स्वचालित हतियार प्रयोग गरी' हत्या गरेकै हुन । यी अन्तराष्ट्रिय अपराधी हुन । तर राजाको छोरा भएकै कारण उनी जतिसुकै गुण्डा, कालोपदार्थ सेवक र जनता मार्दै हिडे पनि युवाराज भइछोडे । यो नेपालीका दुर्भाग्यको कुरा हो । यसलाइ सडकमा लागेको नारा झुण्डाउनेले मात्र नपुग्दा जस्तो छ, फासीमै चढाउनु पर्छ । आजको कान्तिपुर दैनिकमा छापिएको समाचार पढ्दा त्यही लाग्दैन त । ल पढ्नुस त्यो समाचार ।
युवराज पारस आफैंले चलाएको गाडीले शनिबार चाबहिलनजिकै बिहेको जन्तीबसलाई ठक्कर दिएपछि सबै जन्तीलाई प्रहरीले थुनेको छ । प्रहरीले नियन्त्रणमा लिएको शुभविवाह लेखिएको बसभित्र र छतमा गरी करिब ६० जना थिए ।
साँझ सवा छ बजे ठक्कर दिएलगत्तै युवराज सवार गाडी चाबहिल हुँदै महाराजगन्जतर्फ हुइँकिएको थियो ।
ठक्कर लागेको ना३ख ६४ नम्बरको जन्ती सवार बसलाई भने तत्कालै पिछा गर्दै गुडेका सैनिक प्रहरीको निर्देशनमा गौशाला वडा प्रहरी कार्यालय परिसरमा थुनिएको थियो । बेहुलाबेहुली भने छुट्टै कारमा थिए ।
जन्तीहरूका अनुसार ठक्कर दिने गाडीको चालक सिटमा युवराज पारस थिए । गौशाला प्रहरी कार्यालय परिसरमा जन्तीले एकसाथ ुठक्कर दिएर उल्टै थुन्नेु भन्दै विरोध गरेपछि आइतबार बिहान आठ बजे गाडीसहित उपस्थित हुने सर्तमा ४५ मिनेटपछि सबै कागजपत्र राखेर कागज गराई छाडिदिएका थिए । दुलही भित्र्याउने मुहूर्तका सबै कार्य एक घन्टा ढिलो हुन पुगेको परिवारले जनाएको छ ।
सम्बन्धित प्रहरी अधिकृतका अनुसार राजदरबारस्थित सैनिक प्रहरीको आदेशमा आइतबार उपस्थित हुने गरी गाडी छाडिएको हो । बेहुला ललितपुर निवासी हृदयराम पोखरेलका भाइ रविनले कान्तिपुरसँग भने- ुयुवराजको सवारी हुँदैछ भन्ने हामीलाई सूचना थियो, त्यसैअनुसार हाम्रो गाडी छेउ लागेर गुडिरहेको थियो ।ु
त्यसैक्रममा युवराजाधिराजको अगुवा गाडी अगाडि निस्किएको मात्रै थियो, बीचको युवराज सवार गाडीले अकस्मात जन्तीबसलाई हान्यो । ुर, रोक्दै नरोकी अगाडि बढ्यो,ु उनले भने ।
उनका अनुसार बसको साइडलाइट र बम्पर क्षतिग्रस्त भएको छ भने युवराजले चलाएको गाडीको हि्वलकभर बाटोमै झरेको छ । दुवै गाडीका कसैलाई केही नभएको प्रहरीले जनाएको छ ।
उपत्यका ट्राफिक प्रहरी प्रमुख केबी रानाले भने युवराजाधिराजले चलाएका गाडीले ठक्कर दिएको नभई सुरक्षा दिने गाडीले जन्ती सवार बसलाई छोएको दाबी गरे । सम्बन्धित सुरक्षा अधिकारीका अनुसार गोकर्णस्थित सफारी पार्कबाट गल्फ खेलेर युवराज र्फकंदै थिए । जन्ती काठमाडौंको सुन्दरीजल नजिकैको सुनताखानदेखि दुलही लिएर ललितपुरको लामाटार र्फकंदै थियो । ुविवाह र मलामीजस्तो कार्यका लागि राजाले पनि बाटो छाड्नुपर्छ भन्ने हाम्रो चलन छ,ु रविनले भने- ुहामीले बाटो छोडेर हिँड्दाहिँड्दै उल्टै हामीलाई हानेर प्रहरी कार्यालयमा थुन्नु अत्याचार हो ।ु