Is King Nationalist ? (EXECLUSIVE)

(भारतीय प्रधानमन्त्रीको गुलामी गरेर नपुगेर अहिले ज्ञानेन्द्र शाह भारतीय कम्पनीको गुलामी गर्न पुगेका छन । यसले यिनको राष्ट्रवादको मुकुण्डो उदांगो भएको छ)
दैनिक जसो जनता मरिरहेका छन, रगतको भेला बगिरहेको छ । राजा यो भेल रोक्न चाहन्नन्, झन् अरु भेल बगाउन चाहान्छन । उनी जनता मार्न कमिसनको मोहमा परेर दिनका दिन बन्दुक किन्ने र आफ्ना सैनिकलाई मान्छे मार्न लगाउनमै व्यस्त छन । यतिमात्र नभएर राजा आजकाल आफ्नो निरंकुश सत्ता टिकाउन विदेशीहरुको गर्नूसम्म गुलाम गर्न ब्यस्त छन । 'भारतीय प्रधानमन्त्री मनमोहन सिंहको स्टेस्टमेनशीपबाट प्रभावित राजा' अहिले विभिन्न रुपमा भारतलाई रिझाउन व्यस्त छन ।
आज भन्दा ठीक सात दिन अघि राजाले भारतलाई रिझाउने अर्को एउटा निर्णय गरेका छन । उनकै अध्यक्षतामा १६ चैतका दिन नारायणहिटी राजदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले भारतको चाहना अनुसार नेपालमा संचालित भारतीय कम्पनी युटियललाई करोडौं रुपैया राजश्व छुट दिने निर्णय गरेको छ । बैठकको निर्णयमा 'युनाइटेड टेलिकम संचालनवापत अहिलेसम्म तिरेको बाहेकको रकम छुट दिने' भनिएको छ । भरपर्दो सूत्रहरुका अनुसार, युटिएलले चार वर्षेखि ठूलो मात्रामा राजश्व तिरिरहेको थिएन । जम्मा एक पटक एक करोड २० लाख रुपैयाँ तिरेको छ । जबकी उसले वाषिर्क १० करोड रुपैयांको हाराहारीमा राजश्व तिर्नू पर्छ ।
युटिएललाई राजश्व छुट दिने राजाको निर्णयले उनको राष्ट्रवादको मुकुण्डो उदांगो भएको छ । उनी भारतको गुलामी गर्न व्यस्त छन, आफ्नो गद्धी टिकाउन । more »