जापानका नेपालीहरुलाई बधाइ छ, लाजले जापानस्थित नेपाली दुतावास बन्द
नेपालको प्रजातान्त्रिक आन्दोलनलाई नैतिक समर्थन दिने उदेश्यले आज जापानका नेपालीहरुले निरंकुश राजतन्त्रबिरुद्ध प्रदर्शन गरेका छन्। ऐतिहासिक जनआन्दोलन दिवसको संस्मरण गर्दै गरिएको उक्त प्रदर्शन नेपाली राजदूताबास लगायत जापानी संसद भवन र परराष्ट्र मन्त्रालयमा छुट्टाछुट्टै बिरोध प्रदर्शन गरेर संपन्न भएको थियो। नेपालमा भईरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउदै प्रमुख दातृराष्ट्र जापान लगायत अन्तराष्टि्रय समुदायको ध्यानाकर्षण गराउने उदेश्यले शान्ति तथा लोकतान्त्रिक नेपाली मञ्च जापानको आयोजनामा सो बिरोध कार्यक्रम भएको थियो । more »



