View Article  सरकारको आकस्मिक बैठक जारी
Government's immergency meeting continues
आजको आन्दोलनका तस्विरहरु हेर्न
यहा क्लिक गर्नुहोस। तस्विरहरु सबै सागरश्रेष्ठ।

काठमाडौ चैत २७
मुख्य सचिव लोकमान शिह कार्की, महान्याधिवक्ता लक्ष्मीप्रसाद निराला लगायत गृह मन्त्री र अन्य उच्चपदस्थ सरकारी कर्मचारीहरुको आकस्मिक बैठक अहिले काठमाडौमा बसिरहेको हाम्रा सहयोगीले नेपाल इन्फोलाई जानकारि दिएका छन्। त्यो बैठकले मुलुकमा संकटकाल लगाउने प्रस्ताव राजा समक्ष राख्ने भएको छ। यसकालागि अहिले बेलुका पोखरामा रहेका राजालाई तुरुन्त सपर्क गर्ने र अनुमति प्राप्त हुनासथ संकटकालको घोषणा हुनसक्ने संभवाना रहेको छ।
नेपालीहरुले ज्यान छोडेर आन्दोलनमा सहभागी हुने निर्णय स्वतस्फूर्त रुपमा गर्न थालेपछि सरकारले संकटकाल घोषणा गर्ने अन्तिम तयारी गरिरहेको हो । तर संकटकाल घोषणा गरिएपनि आन्दोलनको दिशा भने रोकिने कुनै संकेत देखिएको छैन।
View Article  अनिश्चितकालीन हडतालको माओवादीद्धारा समर्थन
काठमाडौं चैत २७
नेकपा माओवादीले भर्खरै एक प्रेस बिज्ञप्ती प्रकाशित गरी सात राजनीतिक दलहरुले घोषणा गरेको अनिश्चितकालीन हडतालको समर्थन गरेको छ। नेकपा माओवादीका तर्फबाट दुइ शिर्षस्थ नेताहरु प्रचन्ड र डा बाबुराम भट्टराइद्धारा हस्ताक्षरित उक्त विज्ञप्तीका अनुसार अव नेकपा माओवादीका सैन्यहरुले राजमार्गहरु नियन्त्रणमा लिनेछन् भने श्री ५ को सरकार लेखिएका कुनैपनि सरकारी कार्यालयका बोर्डहरु उखलेर फाल्नेछन्। यसैगरी आफ्ना जनबर्गीय संघ संगठनहरुले आ आफ्नो तरिकारले आन्दोलनका कार्यक्रमहरु घोषणा गर्नसक्ने अधिकार प्रदान गर्दै जनताले स्थानिय तवरबाट घोषणा गरेका गणतन्त्रको कार्यक्रमलाई पूर्ण सहयोग र समर्थन गर्नेपनि भर्खरै प्रकाशित विज्ञप्तिमा जनाइएको छ।
जस्ताको तस्तै विज्ञप्ति एट्टायाच्चमेन्ट फाइलमा हेर्नुहोस।

   more »
1 Attachments
View Article  आमहड्ताललाई निरन्तरता
Nationwide strike to be continued
बाकी तस्विरहरु हेर्न यहा क्लिक गर्नुहोस। तस्विरहरु सबै सागर श्रेष्ठ।

काठमाडौ चैत २७
चार दिने आमहड्तालमा व्यापक जनर्समर्थन देखिएको र आन्दोलन चुलिदै गएको ठानी सात राजनीतिक दलले आमहड्तालको कार्यक्रमलाई निरन्तरता दिने घोषणा आज गरेका छन्।चार दिने आमहड्ताल सकिए लगत्तै आज केन्द्रीय जनआन्दोलन संयोजन समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको कांग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो।   more »
View Article  सुरक्षाकर्मी बहुलाएपछि.........

Govt. tries to defuse the Movement, plans to declare the state of emergency

Ramprasad in chuchchepati, Kathmandu (reporting from the spot)
चुच्चेपाटीबाट रामप्रसाद

सरकार झन्झन् दमनमा उत्रिरहेको छ, तर जनता त्यसको प्रतिकार गरिरहेका छन । राजधानीलगायत देशभर आन्दोलनको डंढेलो सल्किसकेको छ । सरकारले लगाएको कर्यू र गोली हान्ने धम्कीको प्रतिवाद गर्दै जनताले सानदार प्रदर्शन गरिरहेका छन, घरघर आन्दोलनमा जुटेको छ । राजधानी बाहिरबाट यस्तो खबर आएको छ, जुन दृश्य राजधानीमा पनि देख्न सकिन्छ ।   more »

View Article  गृहमन्त्रीको पार्टी कार्यालय र घर तोडफोड
Protestors break home ministers home and the party office
काठमाडौं, चैत्र २७
बानेश्वर प्राचीन मार्गमा रहेको गृहमन्त्री कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्यालयमा प्रदर्शनकारीहरुले तोडफोड गरेका छन्। सरकारद्वारा घोषित कर्फ्युको अवज्ञा गर्दै नाराजुलुस सहित अघि बढीरहेको प्रदर्शनकारीहरुको एउटा समूह बानेश्वरको प्राचीन मार्गमा रहेको गृहमन्त्रीको पार्टी कार्यालय नजिक पुगेपछि आक्रोसित र उत्तेजित हुँदै ढोका फोरेर भित्र प्रवेश गरेको एक प्रत्यक्षदर्शीले जनकारी दिएका छन्। आफ्नै केन्द्रीय कार्यालयको  समेत सुरक्षा गर्न नसक्ने गृहमन्त्री कमल थापाले देशमा सुरक्षा दिने कुरा गर्नु बकवास मात्र भएको टिप्पणी कार्यालय वरिपरि घर रहेका बासिन्दाहरुले गरिरहेका छन्।   more »
View Article  कर्फ्यु तोडेर देशैभरि आन्दोलन तिब्र
curfew defied, thousands in the street
चैत्र २७, काठमाडौं
सात राजनितिक दलहरुको आन्दोलन तीब्र हुँदै जाँदा सरकारले आन्दोलन दबाउन विभिन्न हत्कण्डा अपनाउन शुरु गरेको छ। दलहरुको प्रदर्शन र आमहड्ताल विफल पार्न सरकारले आइतबार सात बजेदेखी बेलुकी आठ बजेसम्मको लागी काठमाण्डौं, ललितपुर, कीर्तिपूर र भक्तपुरका विभिन्न क्षेत्रमा कर्फ्र्यु लगाएको छ। शनिबार दश बजेदेखि नौ बजे सम्म कर्फ्यु लगाएको  थियो। शनिबार दिनभरी जसो कर्फ्र्युको अवज्ञा गर्दै प्रदर्शनलाई जारी राखेपछि सरकारले आज पनि कर्फ्र्युलाई निरन्तरता दिएको हो।
उपत्यकाका तीनओटै जिल्लाका जिल्ला प्रशासन कार्यालयले शनिवार  साँझ छुट्टा छुट्टै सूचना जारी गरी कर्फ्र्यु समय थपेका हुन्। तर सात राजनीतिक दलले आज पनि कर्फ्युको अवज्ञा गर्ने घोषणा गरेका छन्।   more »