View Article  मकरतन्त्रे मानवअधिकार आयोग किन खारेज हुँदैन ?
Dismiss NHRC

Lekhnath bhamdari

लेखनाथ भण्डारी

विचार/विवेचना

असंवैधानिक रूपमा कानुन संशेाधन गरी पर्ुनगठन गरिएको राष्टिय मानव अधिकार आयोग प्रतिनिधिसभा पर्ुनस्थापना भएको करीब तीनसाता बिसिक्दा पनि पर्ुनगठन नगरिनुले शान्तिपर्ूण्ा जनआन्दोलनको भावनाको अपमान भएकोे छ । प्रधानमन्त्री, प्रधानन्यायाधीश र प्रमुख्ा प्रतिपक्षका नेता सम्म्िालित समितिले छनौट गर्नुपर्ने पदाधिकारीहरु त्यसबेला राजाका परराष्ट्र मन्त्रीलगायत विवादास्पद प्रधानन्यायाधीश र ससद बिनाका लाचार सभामुख तारानाथ राणाभाट को सिफरिसमा राजा ज्ञानेन्द्रको निगाहमा छानिएका थिए ।

राष्ट्रिय मानवअधिकार संस्थाहरुको गठन सम्बन्धी पेरिस सिद्धान्तहरुका मान्यता विपरीत २०६२ जेष्ठ १३ मा त्यस्तो अवस्थामा केही व्यक्तिहरूलाई मानवअधिकारको पदाधिकारी बनाइएको थियो, जतिबेला देशका अगुवा मानवअधिकारकर्मीहरू जेल, निर्वासन वा उपत्यकाभित्र बन्दीको अवस्थामा रहेका थिए । ...   more »

View Article  फेरि भेटे गिरिजालाइ अभियुक्त प्याराजंगले

RNA chief meets the PM

नेपालको दुर्भाग्य नै मान्नुपर्छ, जतिसुकै अपराध गरे पनि शाही नेपाली सेनाका अधिकृतहरु कहिल्यै कारवाहीमा पर्दैनन । नेपालको राजनीतिमा सधै राजालाइ उक्साएर प्रजातन्त्रलाइ कमजोर पार्ने खेलाडीको भूमिका निर्वाह गर्दै आएको सेना किन यसरी जोगिन्छ होला मलाइ त आश्चर्य लागिरहेको छ । कारवाहीमा पर्नुपर्ने प्रधानसेनापति प्यारजंग थापा अझै फुर्तिसाथ जनताको करमा रजाइ गरिरहेका छन । उनी झण्डा हल्लाएर सेनाको दलबल लिएर यताउता चलखेल गरिरहेका छन । जनआन्दोलन दबाउनेमाथि कारवाहीको सिफारिस गर्न बनेको उच्चस्तरीय आयोगले निलम्बन गर्न सिफारिस गरेका यी अभियुक्तलाइ सरकारले केही गर्न नसक्नुको कारण बुझिसक्नु छैन । यस्ता अपराधीको संरक्षण गर्नु भनेको जनताको अपमान हो, आन्दोलनको अपमान हो । तर आज आएको एउटा समाचारले मलाइ कताकता यी अभियुक्तलाइ अझै पनि 'सुन पानी छर्केर चोख्याउने खेल चलिरहेको' आशंका जाग्यो । विगतमा पनि जनतामाथि दमन गर्ने र प्रजातन्त्रको विरोधमा बन्दुक तेस्र्याउने सेना जोगिदै आएको थियो । यो समाचारले के जनाउंछ, तपाइ नै भन्नुस त ।

सरकारले तीन सुरक्षा प्रमुखलाई निलम्बन गरेपछि प्रधानसेनापति प्यारजंग थापाले दोस्रो पटक प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग ११ जेठमा भेट गर्नुभएको छ। सेनापतिको साथमा सेनाका बलाधिकृत रथि रुकमाङगत कटुवाल, रक्षासचिव विष्णुदत्त उप्रेती र गृहसचिव उमेशकान्त मैनाली पनि हुनुहुन्थ्यो।

विहान मन्त्रिपरिषद्को बैठक चलिरहेको बेला उहाँहरु प्रधानमन्त्री निवास बालुवाटर पुग्नु भएको थियो। बैठक लगत्तै उहाँहरुले प्रधानमन्त्रीसँग करीब १५ मिनेट कुराकानी गर्नुभएको थियो। देशको वर्तमान सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको गृहसचिव मैनालीले पत्रकारहरुलाई बताउनु भयो।

यसअघि तीन सुरक्षा प्रमुखलाई निलम्बन गरिएको भोलिपल्ट सेनापति थापा र रथि कटुवालले प्रम कोइरालासँग भेट गर्नुभएको थियो। त्यसअघि लोकतन्त्रको पुनःस्थापना लगतै सेनापति थापा कोइरालालाई भेट्न महाराजगञ्जस्थित कोइराला निवास पुग्नुभएको थियो। तर अघिल्ला दुई भेटमा भएका कुराकानीबारे केही बताइएको थिएन। खासगरी सुरक्षा प्रमुखको निलम्बनको भोलिपल्टको भेटलाई निकै चासोपूर्वक हेरिएको थियो। किन कि उच्चस्तरीय जाँचबुझ आयोगले ४ वटै सुरक्षा पदाधिकारीलाई कारवाहीको सिफारिस गरे पनि सैनिक अधिकारीलाई सरकारले केही गरेको छैन।

View Article  दमनकारी मानवअधिकार आयोग पदाधिकारीलाइ कारवाही गर

Take actions to NHRC members 

राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०५३ को अवैधानिक संसोधन मार्फ प्रतिनिधिसभाको महाअभियोगबाट पञ्छिन राजीनामा गरेका तत्कालिन सभामुख तारानाथ रानाभाट र राज्यको स्रोत तथा शक्ति दुरुपयोग गरेको आरोपमा निवारक नजरबन्दमा रहेका तत्कालिन परराष्ट्र मन्त्री रमेशनाथ पाण्डे संलग्न भएको समितिको सिफारिसमा निरंकुश शाही सत्ताबाट नियूक्त राष्ट्रिय मानव अधिकार आयोगका कथित पदाधिकारीहरु लगातार पदासीन भइरहनु र आयोगका गतिविधिहरु संचालन गरिरहनुले शान्तिपूर्ण जनआन्दोलनको भावनाको अपमान भएको छ । प्रतिनिधिसभाको पुनस्थापना पश्चात जनताको सरकार गठन भइसक्दापनि निरंकुशतावादी पदाधिकारीहरुको बर्खास्तीका लागि सात राजनीतिक दलहरु तथा सरकारबाट कुनै कदम नचालिनुले देशमा लोकतन्त्रको स्थापना तथा न्यापूर्ण समाज निर्माणमा भएको शहीदको वलीदानी तथा लाखौं नेपाली ...   more »

View Article  राजा वाणीमाथि माओवादी व्यानर

Maoist banner over king's slogans

जनताले बन्दुकको बलमा निरंकुश शासन गर्ने राजाको चाहना चकनाचुर पारिसकेका छन । जनताले गरेको शान्तिपूर्ण आन्दोलनबाट राज्यको बन्दुक थन्किएको छ । सशस्त्र व्रि्रोही माओवादीले चाहिं बन्दुक थन्क्याएका छैनन । आन्दोलनका बेला राजाको सन्देश लेखिएका होरि्डङ वोर्ड सबै उखेलेर फालिएकै हो । तर केही वोर्ड अझै रहेछ काठमाडौंमा, माओवादीले त्यही वोर्डमाथि व्यानरहरु टास्न थालेका छन । १९ जेठमा हुने आमसभामा भाग लिन आहृवान गर्दै यसरी राजधानीका ठाउंठाउंमा व्यानर टांगिएका छन । तर राजाकै वाणी लेखिएको वोर्डमाथि माओवादीले व्यानट टाक्नुको अर्थ चाहिं बुझ्न सकिएन । माओवादी पनि राजाले रोजेको र उनैको जस्तो चाहना राख्छ कि क्या हो ...   more »

View Article  माओवादीको यो काम ठीक हो त ?

Donation terror in the banks

एघार वर्षदेखि सशस्त्र द्धन्द्धबाट हिंसा र प्रतिहिंसालाइ उर्वर बनाइरहेको माओवादीले शान्ति वार्तामाफर्त राजनीतिको मूल धारमा फर्कने जनअपेक्षा जति छ, त्यति नै संसय पनि । युद्धविरामका बेला पनि चन्दा आतंक सिर्जना गरेर माओवादीले यो स्थिति ल्याएको छ । उसले विरगंजका उद्योगीसंग चन्दा मागेर हैरान पारेपछि हिजोमात्र वार्तामार्फत त्यो समस्या समाधानमात्र भएकोमात्र के थियो, त्यस्तै अर्को आतंक सिर्जना गरिहालेको छ । उसले वाणिज्य बैकहरुसंग मोटो रकम माग गरेको छ । 'नेपाल कम्युनिष्ट पार्टी -माओवादी) विशेष केन्द्रीय कमाण्डको नामबाट विशेष केन्द्रीय कमाण्डका इन्चार्ज अनन्तका नामबाट लेखिएको पत्रमा प्रत्येक बैकसंग न्यूनतम २५ लाख रुपैयां माग गरिएको छ । हुन त माओवादी नेतृत्वले हाक्काहाक्की जनसेना पाल्न चन्दा संकलनको विकल्प नरहेको बताएको छ । तर यसले उसलाई राजनीतिक रुपमा निक्कै असजिलो परेको छ । अब पनि माओवादीले यसरी चन्दा अशुल्नु ठीक होला त ?

View Article  मेरो छोरो खोइ ?

'Disclose the whereabouts of my son'

माओवादीको आरोपमा प्रकाश घिमिरेलाई सादा पोशाकका सुरक्षाकर्मीले २०६१ मंसिर ८ गते काठमाडौंको कोटेश्वरबाट पक्राउ गरी बेपत्ता बनाए । काभ्रेको जनागाल गाविस घर भएका घिमिरेको तस्वीर लिदै उनकी ५२ बषिर्य आमा सावित्री घिमिरे । माओवादी सशस्त्र द्धन्द्ध सुरु भएयता २०५२ देखि धेरै नागरिक राज्य र माओवादी पक्षबाट वेपत्ता पारिएका छन । तिनको स्थिति अझै अज्ञात छ । माओवादी र राज्यले वेपत्ता पारेकाहरु मारिए या जिउंदै छन भन्ने तथ्य तत्काल बाहिर आउनु जरुरी छ । वेपत्ता नागरिकको स्थिति थाहा नपाएसम्म नेपाल सरकार र माओवादीबीच हुने वार्ता पनि खल्लो नै हुने छ ।

तस्वीर: भीम गौतम...   more »

View Article  जनमोर्चा र सदभावनाले किन मन्त्री खाएनन

New faces in the cabinet 

लामो मोलमोलाइ र खेलकुदपछि बल्ल मन्त्रिपरिषद बनेको छ । त्यो पनि पूर्ण चाहिं भएनछ । २१ सदस्यीय मन्त्रिपरिषद बनाउने भनिएकोमा १८ सदस्यीय बनाइएछ । जनमोर्चा र सदभावनाका कोही मन्त्री भएनछन । उद्योग, स्वास्थ्य र सामान्य प्रशासन प्रशासन मन्त्रालय अझै खाली राखिएको छ । त्यो भाग जनमोर्चा र सदभावनालाइ राखिएको होला । सुनिए अनुसार, जनमोर्चाका अध्यक्ष अमिक शेरचनले उपप्रधानमन्त्री पाए खाने सुर कसेका छन । त्यो पार्टीका गिरिराजमणी मन्त्री बन्ने पक्का छ । सायद हृदेयश त्रिपाठी उद्योग मन्त्री होलान । तर यिनीहरु किन मन्त्रीमा परेनन भन्ने चाहिं थाहा भएन । मन्त्रिपरिषद विस्तारबाट जनमोर्चा खुसी छ भन्ने सुनिएको ...   more »

View Article  राजा निउरेर आउलान भनेको छ गिरिजा पो भेटन गएछन

PM meets the king in palace !

मैले त गिरिजाप्रसाद कोइरालाले अब दरबार गएर राजालाइ भेटलान भन्ने सोचेकै थिइन । तर आज अचानक उनी नारायणहिटी दरबार गएको खबर आयो । अस्ति त्यस्तो संसारभर तरंग ल्याउने ऐतिहासिक राजनीतिक निर्णय गरेर सगरमाथाको उचाइ प्राप्त गरेका गिरिजा किन राजालाइ भेटन गए, उनी आफै गएका हुन या राजाले बोलाएर गएका हुन । यदी राजाले बोलाएका हुन भने किन बोलाए, हुन त राजाको निरंकुशताको घांटी गिरिजाले प्रतिनिधि सभाका पेश गरी पारित भैसकेको घोषणापत्रले छिनाइसकेको छ ।

राजा अहिले दारा-नङग्र नभएको चितुवा भएका छन । तिनले पक्कै गिरिजालाइ धाक देखाउन सक्ने छैनन । तर, गिरिजालाइ भेटन राजा खुरुक्क बालुवाटार आउलान ...   more »

View Article  संविधानसभाको संरचना कस्तो हुनु पर्छ-२

 Structure of constituent assembly-1

Maheswor shrestha

महेश्वर श्रेष्ठ

विचार/विवेचना

नेसं ११२६ बछलागा ५, विसं २०६३ जेष्ठ ४ गते र इसं २००६ मई १८ तारिख नेपालको इतिहासमा स्वर्णाक्षरले लेख्न योग्य दिन हो जुन दिन जनआन्दोलनको शक्तिले पुनःस्थापित प्रतिनिधिसभाले एउटा अभूतपूर्व घोषणाद्वारा यस अघि राजामा रहने गरेको प्रायः सम्पूर्ण निरंकुस अधिकार कटौती गरी संसदलाई र्सार्वभौम विधायिका हुने व्यवस्था गरेको छ र यसलाई संविधानसभा मार्फ संस्थागत गर्ने कुरालाई पुनर्पुष्टि गरेको छ । ऐतिहासिक संयुक्त जनआन्दोलन २०६२र२०६३ मा जस-जसले जुन-जुन ठाउँबाट जेजस्तो भूमिका खेलेको र योगदान पुर्‍याएको भए पनि यो घोषणा २३७ वर्षेखि अति केन्द्रीकृत सामन्ती राज्य व्यवस्था र त्यसलाई नेतृत्व गर्ने निरंकुस ...   more »

View Article  प्रहरीले झण्डै जुलुस निकालेको, इन्सपेक्टर सरुवामा सुजाता

Police unhappy with new parliamentary proclamation !

राजा अधिकारविहीन र जनता शक्तिसम्पन्न भएको घोषणाले राज्य तातिरहेको छ । तर राज्यमा हुने गडबडी कायम छ । हिजोमात्र प्रहरी प्रधान कार्यालयले एक सय २८ प्रहरी निरीक्षक अर्थात इन्सपेक्टरको सरुवा गरेको छ ।

त्यसमा कति लेनदेन भयो भनेर खोज्नु कठिन काम हो । तर थाहा पाएको एउटा कुरा चाहिं तपाइहरु समक्ष राखिहालू । वडा प्रहरी कार्यालय बौद्धमा राजकुमार बैजवारलाइ ल्याइएको छ । उनी धरानमा थिए । उनलाइ ल्याउनमा बिचरा बुढा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता जोष्टको हात छ भन्ने जानकारी प्राप्त भएको छ ।   more »