Police unhappy with new parliamentary proclamation !
राजा अधिकारविहीन र जनता शक्तिसम्पन्न भएको घोषणाले राज्य तातिरहेको छ । तर राज्यमा हुने गडबडी कायम छ । हिजोमात्र प्रहरी प्रधान कार्यालयले एक सय २८ प्रहरी निरीक्षक अर्थात इन्सपेक्टरको सरुवा गरेको छ ।
त्यसमा कति लेनदेन भयो भनेर खोज्नु कठिन काम हो । तर थाहा पाएको एउटा कुरा चाहिं तपाइहरु समक्ष राखिहालू । वडा प्रहरी कार्यालय बौद्धमा राजकुमार बैजवारलाइ ल्याइएको छ । उनी धरानमा थिए । उनलाइ ल्याउनमा बिचरा बुढा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता जोष्टको हात छ भन्ने जानकारी प्राप्त भएको छ । उनले बलजपूर्वक बैजवारलाइ यहां ल्याउनुमा पैसाको खेल छ या अरु केही त्यो चाहिं बुझन सकिएन । बाबुलाइ समेत बदनाम गराएर सुजाताले यस्तो काम गरेको यो पहिलो पटक भने होइन । उनले आफ्ना बुढेसकालको इलुइलुलाइ प्रधानमन्त्रीको प्रिन्सिपल पर्सनल सेक्रेटरीमा नियुक्त गराएकी थिएन । हुन त अहिलेका गृह मन्त्री कृष्ण सिटौला, अर्थ मन्त्री रामशरण महत पनि उनै सामु लम्पसार पर्ने गरेका छन ।
इन्सपेक्टर सरुवाको निर्णय अस्ति नै भएको रहेछ । त्यो जानकारी प्रहरीलाइ थाहा रहेछ । त्यही कारण हिजो प्रतिनिधि सभा घोषणापत्रको विरोधको निहुंमा राजधानीमा प्रहरीले नै जुलुस निकाल्न खोजेको थियो रे । पछि यो जानकारी पाएपछि सशस्त्र प्रहरी बललाइ जुलुस निकाले प्रहरीलाइ नै पक्राउ गर्न गृह मन्त्रीले आदेश दिएका थिए ।