View Article  मन्त्री र सांसदलाइ हानौला लौराले

Student warning the leaders in front of singhadurbar

दौरा सुरुवालमा सजिएर सिंहदरबारभित्र छिर्दा मन्त्रीहरुले आज भिन्न अनुभव गर्नु पर्‍यो । आन्दोलनकारीले उनीहरुलाइ लठ्ठी देखाएर खबरदारी गरे । उनीहरुले प्रतिनिधि सभाको बैठकमा भाग लिन जांदै गरेका सांसदहरुलाइ पनि लठ्ठी देखाएर गलत काम नगर्न खबरदारी गरेका थिए भने मन्त्रीहरु भित्र छिर्दा पनि खबरदारी गरे । मन्त्रीहरु हात हल्लाउदै सिंहदरबार छिरेका थिए । लौरो ठड्याएर दिनभरी नै आन्दोलनकारीले सिंहदरबारको पश्चिम गेटमा धर्ना दिइरहेका थिए । उनीहरुले त्यहां वरपर राजाका महावाणी झिकेर फ्याकेका छन भने पृथ्वीनारायण शाहको शालिकमा गणतन्त्र लेखेका छन । कतिपय वोर्डमा भने श्री ५ को सरकार मेटेर नेपाल सरकार लेखेका छन ...   more »

View Article  प्यारजंग थापाजस्ता भ्रष्टहरुसंग जनमुक्ति सेना एकीकृत नहुने

 Maoist says no unification with corrupted royal army

जनमुक्ति सेना नेपालका डेपुटी कमाण्डर क.प्रभाकरले जारी जनआन्दोलन विरुद्ध धोका दिएर राजासंग सम्झौता गर्ने नेताहरलाई दण्ड दिन आम नेपाली जनतालाई आहृवान गर्नुभएको छ । साथै माओवादी छापामारलाई पनि शाही सेना भित्र मिलाउने भरौटे शाही सेनाका प्रधान सेनापतिको अभिव्यक्तिको कडा शब्दमा भर्त्सना गर्नुभएको छ । उहांले भन्नुभयो-"हामी प्यारजंग थापाजस्ता भ्रष्ट र हत्याराहरुस"ग जनताको सेनालाई मिलाउंदैनौ र उनीहरुको भ्रमजालमा फस्दैनौं ।" उहांले अगाडि थप्नुभयो- शाही सेनाभित्रका देशभक्त, राष्ट्रवादी जवान तथा अधिकृतहरुसंग भने राष्ट्रिय सेना बनाउन सकिनेछ ।

उहा"ले निःशर्त संविधान-सभाको घोषणा नभएमा जनयुद्ध र जनआन्दोलनलाई संगसंगै अगाडि बढाएर राजतन्त्रविरुद्ध अन्तिम ...   more »

View Article  निशर्त संविधान सभामा गद्दारी नहोस्
No conspiracy in the election of constituent assembly

Bhakti Pandey
भक्ति पाण्डे
इतिहासमा नेपाली जनताका आन्दोलनहरूले धेरै पटक धोका खाए। ०७, र ०४६ सालका जनआन्दोलनलाई नेताहरूले संझौता गरेर धोका दिए। ती आन्दोलनहरूको मर्म राजतन्त्र र सामन्तवादको अन्त्य र पूर्णप्रजातन्त्रको वहाली नै थियो। तर जनताको मर्म र भावना विपरीत त्यसबेलाका नेताहरूले आन्दोलनलाई दरवारभित्र पसेर सम्झौतामा टुर्ङ्गाई जनताले धोका खान पुगेको कुरा जनताले कहिल्यै पनि भूल्न सक्दैनन्। त्यसैले यसपटकको आन्दोलनको कमाण्ड जनता स्वयं आफै हातमा लिएर आन्दोलनलाई तार्किक निष्कर्षम्म पुर्‍याएरै छाड्ने दृढता पूर्वक अगाडि बडेका छन्।
विगत कालमा कुर्सिको तानातान र छिना झपटी गर्दै १० वर्षा ११ पटक सत्तामा प्रधानमन्त्री बदलिए। संसदवादी पार्टीको यहीं पदलोलुप, अवसरवादी र विखण्डनवादी हर्कतहरूले दरवारलाई पार्टीलाई फुटाउने, जनताका अधिकार खोस्ने र निरंकुश राजतन्त्रको स्थिति मजबुत गर्दै जनतालाई धोखादिने षडयन्त्रहरू नया“ ढंगबाट रचिए। नाम मात्रैको परिवर्तन भयो तर वास्तविक परिवर्तन भएन। मानिस बदलिए व्यवस्था बदलिएन। कुर्सिमा बस्नेहरू फेरिए तर निरंकुश राजतन्त्र झन् पछि झन् मजबुत बन्दै गयो र एक पछि अर्को कोतपर्व भण्डारखाल पर्वको श्रृजना गर्दै गयो। त्यसको लागि जिम्मेवार को थियो भन्ने कुरा नेपाली जनताले र्छलंङ्गै बुझे र राजनीतिक पार्टीले जनताको विश्वास गुमाउदै गए।   more »
View Article  पेरिसमा नेपालीहरुको बिशाल प्रदर्शन
बांकी तस्विरहरु यहा हेर्नुहोला । तस्विरहरु मिलाइदिने बिनोद खकुरेललाई धन्यवाद।

Nepalis caution their leaders from Paris (photo feature)

Text and photoes (Dadi Sapkota/Anuradha Paudel)


विश्व मजदुर दिवस अर्थात मे एकमा भएको  बिशाल प्रदर्शनमा सहभागी नेपालीहरु।

आलेख र तस्विरहरु:  ददिराम र अनुराधा
पेरिस, बैशाख १८
विश्व मजदुर दिवसका दिन फ्रान्समा भएको बिशाल प्रदर्शनमा यहाका नेपालीहरुलेपनि भाग लिदै नेपालबाट निरकुश तन्त्रको अन्त्य हुनुपर्ने माग राखेका छन्। नेपालीहरुले फ्रान्समा आयोजना गरिने मे दिवसमा भाग लिएर नेपालको समस्यालाई उजागर गरेको यो पहिलो पटक हो। यहाका राजतन्त्र समर्थक नेपाली बाहेक अन्य बिचार बोक्नेहरुले नेपालमा आधा प्रजातन्त्र आएको र नेपालका मजदुरहरुका साथ साथ नेपालीहरु अझै स्वतन्त्र नभएको भन्दै यो बिरोध कार्यक्रममा अत्यन्त उत्साह पूर्वक भाग लिए। यो पटकको कार्यक्रममा नेपालप्रेमी फ्रान्सेलीहरुको आधा सहभागीता थियो। उनीहरुले फ्रान्सेली भाषामा निरंकुशतन्त्र मूर्दावाद, मानवअधिकारको सुनिश्चित गर, गणतन्त्र नेपाल जिन्दावाद, प्रजातन्त्र अमर रहोस, नेपालमा पुलीस छन् न्याय छैन जस्ता नारा लगाएर नेपालीहरुलाई समेत नारा लगाउन उत्साहित गरेका थिए।   more »
View Article  मन्त्रीको नाम राजा कहां पुग्यो, सात दलको तालमेल देखिएन

Cabinet expanded

चार दिनदेखि 'कुकुरको अड्डी कसले लुछने' भन्ने विवादमा अल्भिmएका राजनीतिक दलहरुको मन्त्रिपरिषद आज बनेको छ । विवाद र किचलोबीच प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो मन्त्रिपरिषद्मा ६ सदस्य थप गरेका छन ।

जसमा नेपाली कांग्रेस, एमाले, प्रजातान्त्रिक काग्रेस र वाममोर्चालाई समेटिएको छ । एमालेका केपी शर्मा ओलीलाई उपप्रधान तथा परराष्ट्र मन्त्री, कांग्रेसका महन्थ ठाकुरलाई कृषि तथा सहकारी, प्रजातान्त्रिक कांग्रेसका गोपालमान श्रेष्ठलाई भौतिक योजना तथा निर्माण, कांग्रेसका कृष्ण सिटौलालाई गृह र डा. रामशरण महतलाई अर्थ, वाममोर्चाका प्रभुनारायण चौधरीलाई भूमी सुधार तथा व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । अरु मन्त्रालय प्रधानमन्त्री कोइरालाले नै राख्नुभएको छ ।

यी नामहरु दरबार पठाइसकिएको ...   more »

View Article  बिदेशीको राजधानीमा नेपालीको जुलुश



पेरिस बैशाख १८
नेपालको बर्तमान क्रान्ति अधुरो भन्दै पेरिसमा नेपालीहरुले फेरि बिशाल प्रदर्शन गरेका छन्। मइ एकको अवसरमा भएको यो कार्यक्रममा यहाका फ्रान्सेलीहरुको समेत सहभागिता रहेको थियो । विहान नेपालको राजनीतिक परिस्थितीबारे छलफल गरी हतार हतार मध्यान्नपछि नेपालीहरु जुलुशमा सहभागी भएका हुन्। आन्दोलन जारी छ ज्ञानेन्द्र र पारसका मतियार होसियार भन्ने नारा लगाइएको उक्त जुलुशबारेको बिस्तृत समाचार र फोटो फिचर भोली हेर्नुहोस।