PM meets the King in palace !
मैले त गिरिजाप्रसाद कोइरालाले अब दरबार गएर राजालाइ भेटलान भन्ने सोचेकै थिइन । तर आज अचानक उनी नारायणहिटी दरबार गएको खबर आयो । अस्ति त्यस्तो संसारभर तरंग ल्याउने ऐतिहासिक राजनीतिक निर्णय गरेर सगरमाथाको उचाइ प्राप्त गरेका गिरिजा किन राजालाइ भेटन गए, उनी आफै गएका हुन या राजाले बोलाएर गएका हुन । यदी राजाले बोलाएका हुन भने किन बोलाए, हुन त राजाको निरंकुशताको घांटी गिरिजाले प्रतिनिधि सभाका पेश गरी पारित भैसकेको घोषणापत्रले छिनाइसकेको छ ।
राजा अहिले दारा-नङग्र नभएको चितुवा भएका छन । तिनले पक्कै गिरिजालाइ धाक देखाउन सक्ने छैनन । तर, गिरिजालाइ भेटन राजा खुरुक्क बालुवाटार आउलान भन्ने सोचिएकोमा उल्टो भएछ । राजाले गिरिजालाइ प्रयोग गर्न त सक्ने छैनन नै, तर के गर्न बोलाए भन्ने चाहिं रहस्यको विषय हो । पहिला त एक सातामा राजा प्रधानमन्त्री भेटने चलन नै थियो । तर अब त्यो व्यवस्था हटिसकेको छ । गिरिजाले राजासंग भनेका कुरा बाहिर आएर बताइदिए त हुन्थ्यो, नभए के भयो भनेर जनताले कसरी थाहा पाउने । पाठकहरु तपाइहरु पनि चनाखो रहनुहोला, केही नयां सूचना भए यसो लेखिदिनु होला, त्यो मेरो र अन्य पाठकहरुका लागि पनि राम्रो हुने छ ।
भोलि पर्सी फेरि पारसले पनि गिरिजालाइ बोलाउलान, रानीले बोलाउलिन, युवराज्ञीले बोलाउलिन, त्यहां पनि जाने त, त्यही कारण पनि यो विषयलाइ गम्भीरतापूर्वक लिनैपर्छ ।
गिरिजा अहिलेसम्म दरबारभित्रै छन, त्यसकारण विस्तृत जानकारी पाउन सकिएन । केही भए भोलि लेखौंला, तर आज म नेट सम्पर्कमा छैन । घरमा यो सुविधा छैन । तसर्थ पाएको जानकारी तपाइहरुलाइ दिइहालेको छु ।