Maoist banner over king's slogans

जनताले बन्दुकको बलमा निरंकुश शासन गर्ने राजाको चाहना चकनाचुर पारिसकेका छन । जनताले गरेको शान्तिपूर्ण आन्दोलनबाट राज्यको बन्दुक थन्किएको छ । सशस्त्र व्रि्रोही माओवादीले चाहिं बन्दुक थन्क्याएका छैनन । आन्दोलनका बेला राजाको सन्देश लेखिएका होरि्डङ वोर्ड सबै उखेलेर फालिएकै हो । तर केही वोर्ड अझै रहेछ काठमाडौंमा, माओवादीले त्यही वोर्डमाथि व्यानरहरु टास्न थालेका छन । १९ जेठमा हुने आमसभामा भाग लिन आहृवान गर्दै यसरी राजधानीका ठाउंठाउंमा व्यानर टांगिएका छन । तर राजाकै वाणी लेखिएको वोर्डमाथि माओवादीले व्यानट टाक्नुको अर्थ चाहिं बुझ्न सकिएन । माओवादी पनि राजाले रोजेको र उनैको जस्तो चाहना राख्छ कि क्या हो ? नेपाल न्यूजबाट लिइएको माथिको फोटोले त यही देखाउछ हैन र ?