एक बर्ष भन्दाबढि समयसम्म प्राय: समान ढङ्गले चलिरहेको नेपाल ईन्फो ब्लगको प्रस्तुति बितेका केहि हप्तादेखि एक्कासि परिवर्तन भएको पाउदा तपाइ पाठकहरुलाई कता कता अनौठो लागेको हुदो हो। हो, यो ब्लग चलाउने ब्लगर भनौं वा पत्रकारमा भएको परिवर्तनकै कारण यसो भएको हो।
राजा ज्ञानेन्द्रको
हुकुमी शासनको अत्याचार, तानाशाहीकरण,
स्वेच्छाचारिता र दमनका बेला यो ब्लगले
त्यसका बिरुद्द कति सम्म सुचना प्रवाह गर्यो भन्ने मुल्याङ्कन तपाइहरुलेनै गर्नु
भएको छ। गत एक बर्षको अवधिमा २०४७ सालको अन्तरिमकालका मन्त्री तथा अहिलेको नागरिक
समाजका प्रखर व्यक्तित्व डा.
देवेन्द्रराज पाण्डे, चर्चित मानव अधिकारवादी नेता कृष्ण पहाडी, गौरी प्रधान, नागरिक समाजकै अर्का चर्चित व्यक्तित्व डा. मथुरा श्रेष्ठदेखि राजनैतिक ब्यक्तित्वहरु शंकर
पोख्रेल्, घनश्याम शर्मा पौडेल,
नरहरी आचार्य, लिलामणी पोख्रेल्, स्वनाम लगायत सर्बोच्च अदालतका पूर्व प्रधानन्यायधीश विश्वनाथ
उपाध्यायसम्मका लेखहरु ल्याउन हामी सफल भएका थियौं। त्यस्तै, माओवादीहरुका दोस्रा ठुला नेता भनेर चिनिएका
डा. बाबुराम भट्टराई जस्ता
नेताले समेत नेपाल ईन्फोकैलागि बिशेष अन्तर्वार्ता दिए। यसले नेपाल ईन्फोको
मात्रै नभएर सम्पूर्ण ब्लग लगायत अनलाईन मेडियाको पहुच, क्षमता र विश्वसनियतालाइ दर्शाउंछ। यसमा अवश्यै पनि हामीले
मात्रै जस लिन मिल्दैन। आफ्नो चाहना, परिस्थिती र अन्य सस्थामा सम्लग्नताका कारण दृश्य र अदृश्यरुपमा अन्य केहि
साथीहरुको सानो समूह थियो नेपाल ईन्फोलाई सहयोग गर्ने। तर अब गत केहि हप्तादेखि
भने हामीले नेपाल ईन्फोबाट स्वईच्छाले छोड्ने निधो गर्यौं। अनलाईन मेडियाबाटै
बिदा हुने निधो गरेका भने अवस्यै होइनौं।
बदलिदो परिस्थितीमा हामीले नेपाल ईन्फोभन्दा भिन्न प्रस्तुती, फरक स्वाद, केहि थप विषय, भिन्न साजसज्जाकासाथ आउने निर्णय गरेका छौं। हामी केहि दिन भित्रै http://www.paluwa.comठेगानामा आउने छौं। तपाइहरुले हामीलाई अहिलेबाटै info@paluwa.com वा chirbir@gmail.com मा आफ्ना लेख, तस्विर, समाचार, टिप्पणि रचना र सुझावहरु पठाउन सक्नुहुन्छ। आजसम्म हामीलाइ सहयोग र समर्थन गर्ने सम्पूर्ण पाठक, लेखक र सुभेच्छुकहरुमा धन्यावाद दिदै आगामी दिनहरुमा पालुवा डट कमलाइ पनि त्यस्तै सहयोग गर्नु हुनेछ भन्ने आसा र भरोसा राखेका छौ। पालुवा डट कम पूर्णरुपमा सुचारु भएको जानकारीपनि हामी पून: नेपाल ईन्फो मार्फत् दिने छौं। अन्तमा, हाम्रो नैतिक समर्थन र सहयोग भने नेपाल ईन्फोमै रहने विश्वास दिलाउन चाहन्छौं।