No democracy to working journalists !
स्वागतम....स्वागतम....नेपालइन्फोमा स्वागतम । ब्लगमा एकै साथ धेरै भिजिटर आएकाले एक सातादेखि प्राविधिक कारणले केही भपडेट गर्न सकिएको थिएन । तर आजदेखि बल्ल ब्लग सुचारु भएको छ, धेरै भिजिटरले एकैसाथ भिजिट गर्न सक्ने क्षमतासहित । ब्रेक पछिको पहिलो कोसेली पस्कौ है त ।
०४६ सालमा प्रजातन्त्र आयो भन्थे, अनि ठीक सत्र वर्षपछि ०६३ मा लोकतन्त्र आयो । यो लोकतन्त्र पनि क-कसका लागि आयो पत्तै भएन । पत्रकारहरु त हामीलाइ लोकतन्त्र आएन भन्छन । जनआन्दोलन-२ का शहीद परिवार पनि लोकतन्त्र नआएको महसुस गरिरहेका छन । तमाम पीडित र शोषितहरु त्यसै भन्छन ।
यो विषय खासमा अहिले १९ माघ पीडित पत्रकारहरुको अवस्थाबाट थाहा लाग्छ । १९ माघपछि शाही सत्तासंग नजिक हुन निजी संचारगृहबाट लोकतन्त्रका लागि लडेको र लेखेको अभियोगमा निस्कासनमा परेका पत्रकारहरु अहिले पनि सडकमा भौतारिहरहेका छन । उनीहरु भन्छन-फेरि प्रजातन्त्र मालिकलाइ आयो, हामीलाइ आएन । तलका तथ्यहरु हेर्दा तपाइ पनि यो कुरामा सहमत हुनुहुन्छ होला । भए पनि नभए पनि प्रतिक्रिया लेख्न चाहिं स्वतन्त्र हुनुहुन्छ है ।
-नेपाल वानले मोहन ढुंगेललाइ जागिर दियो, जो १९ माघपछि शाही सत्ताको जुठो चाटेर ठूलो पत्रकार कहलिएका थिए । हुन त निरंकुश कालमा एक पटक बन्द भएको नेपाल वान टेलिभिजन शाही सेनाको आदेशमा उसले भने बमोजिम पत्रकार राख्ने र समाचार दिने सर्तमै खुलेको हो ।
-राजधानीमा कुमार यात्रु नै सम्पादक छन, उनी श्रीषशम्शेरको पालामा धेरै सरकारी विज्ञापन ल्याउने सर्तमा कार्यकारी सम्पादक भएका थिए ।
-पत्रकार महासंघ मालिक विरुद्ध बोल्दैन । बरु पीडित पत्रकारले खोलेको संघर्ष समित्रि्रति विमति राख्छ । जुन समिति १९ माघको शाही कू पछि सबै भन्दा पीडितहरु मिलेर खोलेका हुन । पत्रकार महासंघले एक हजार भन्दा बढी पत्रकारको पीडा नबोलेको परिणाम हो, समिति । महासंघ चाहिं अझै केबल कसले डलर देलान र राम्राराम्रा तरुनी एवं आफन्तहरुलाइ राम्रो तलब दिएर परियोजना चलाउ भन्ने ध्याउन्नमा छ । मानौं महासंघ पत्रकारहरुको हकहितका लागि भन्दा डलर खेतीका लागि हो भन्ने पार्न व्यस्त छ । महासंघका सभापति र महासचिव सरकारी जागिर खोज्दै हिडिरहेका छन भन्ने पनि सुनिन्छ ।
-सरकारले १९ माघपछि संचार क्षेत्रमा निरंकुशता लादन प्रयोग भएका सहसचिव रत्नराज पाण्डेको संयोजकत्वमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन कार्यदल बनाएको छ ।
-नेता भनाउदा काग्रेसीहरु अर्जुननरसिंह केसी, अर्थमन्त्री डा. रामशरण महत अनि पत्रकारका नेता भनाउदा केही गलत काम गर्नेहरु श्रीषशम्शेरले नेपाल टेलिभिजनमा नेता, आन्दोलन र लोकतन्त्रको विरुद्ध कार्यक्रम संचालन गर्न राखेका गोकर्ण खतिवडालाई टिकाउन मरिमेटेर लागिरहेका छन ।
-संचार राज्य मन्त्री भैखाएका दिलेन्द्र वडू निरंकुश राजाका छोरा पारश र श्रीषसम्सेरहरुको आत्मकथा लेख्नेहरुले गिरिजाप्रसाद कोइरालाको आत्मकथा लेखे भनेर त्यसको विमोचन गर्न जान्छन ।
-कुनै समय टंक ढकाल, कमल थापाहरुको अनुहार देखिने रिपोर्टर्स क्लबमा अहिले दिनानाथ शर्मादेखि दिलेन्द्र वडूसम्म देखिन थालेका छन ।