(info hunt) 82 journalists received money by royal government
रामप्रसाद दाहाल/Ramprasad Dahal
प्रजातन्त्र 'कू' भएको दिन पत्रकारिताको पनि अवसान हुन्छ भन्ने मान्यता छ । तर नेपालमा प्रजातन्त्र कू भएपनि निरंकुश सत्ताको भजन गाएर पत्रकारिता गर्नेहरु पनि थिए । कसैले देखिने गरी निरंकुश सत्ताको भजन गाए भने कसैले भूमिगत रुपमा । नेपाल इन्फोलाइ सूचना तथा संचार मन्त्रालयबाट प्राप्त भएको एउटा विवरण यस्तो छ, जसमा कल्पनै गर्न नसकिने व्यक्तिले पनि शाही सत्ताबाट रकम बुझेका छन र भूमिगत रुपमा शाही सत्तालाइ सघाएका छन ।
बाहिर लोकतन्त्रवादी देखिन चाहने ती पत्रकारहरुले ५० हजार रुपैयां देखि २ हजार रुपैयांसम्म शाही सत्ताबाट दसै खर्चका नाममा रकम बुझेका छन । लोकतन्त्रवादी पत्रकार निरंकुश सत्ता विरुद्ध भोकभोकै सडकमा संघर्ष गरिरहंदा रकम बुझने पत्रकारहरुको नाम तल उल्लेख छ । जसमा कान्तिपुर टेलिभिजनका सम्पादक तीर्थ कोइराला, दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठ, घटना र विचारकी सम्पादक बविता बस्नेत, अन्नपूर्ण पोष्ट दैनिकका विश्वराज खनाल, बालकुमार नेपाललगायतको नाम परेको छ । यिनै व्यक्तिहरु अहिले निक्कै लोकतन्त्रवादी हुन खोजिरहेका छन । हेरौ दसैं खर्चका नाममा शाही सत्ताबाट रकम बुझने पत्रकारहरुको नाम । २०५९ सालको दसैमा कार्यकर्तालाइ रकम बाडिएको आरोपमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालगायत ६ मन्त्रीले शाही आयोगका उभिएर वयान दिनु परेको थियो, पत्रकारलाइ रकम बांडने टंक ढकाललगायतका शाही मतियारहरुलाइ कसले के कारवाही गर्ला त्यो चाहिं प्रतिक्षाकै विषय बनेको छ ।
संचार परिचालन शिर्षकमा दसैमा रकम लिने ८२ जनाको नाम र रकम यस प्रकार छ ।
युगसम्पादका खगेन्द्रराज सिटौला- ६ हजार अनारसिंह कार्की- १० हजार
इमेज च्यानलका सुरेश शर्मा- ६ हजार गोकर्णदेव पाण्डे- १० हजार
केवी मरहठ्ठ- ६ हजार शरदचन्द्र वस्ती - ८ हजार
पत्रकार महासंघ काठमाडौ शाखा सभापति युवराज व्रि्रोही- १० हजार
कान्तिपुर टिभीका तीर्थ कोइराला- ८ हजार नरेन्द्र उपाध्याय- ८ हजार
मोहन दाहाल- ७ हजार जीवराम भण्डारी- १० हजार
रामहरी चौलागाइ- १० हजार सूर्य खडका- ५ हजार
मदनकुमार श्रेष्ठ- ५ हजार दृष्टिका शम्भु श्रेष्ठ- ५० हजार
प्रल्हाद रिजाल- ५ हजार घनश्याम अधिकारी- ४ हजार
सुदर्शन आचार्य- ५ हजार यादव देवकोटा- ५ हजार
पूर्ण कार्की- ५ हजार कुमार यात्रु- ५ हजार
युवराज गौतम- १५ हजार केदार आचार्य- ५ हजार
रामचन्द्र न्यौपाने- ७ हजार निरोधराज पाण्डे- १० हजार
सोमनाथ घिमिरे-१० हजार प्रज्वल घिमिरे- ३ हजार
दीपक पाठक- ६ हजार देवेन्द्र चुडाल- ५ हजार
घटना र विचारका रेशम पौडेल- ३ हजार लेखनाथ कोइराला- ५ हजार
ग्रामीण संचारका भद्रनाथ अघिकारी- ५ हजार गोविन्द पोखरेल- ५ हजार
सुदर्शन पाण्डे- ५ हजार नरेन्द्रविलास पाण्डे- ८ हजार
कर्ण घिताल- ३ हजार नेपाली पत्रका केशव अर्याल-४ हजार
बासुदेव दाहाल- ३ हजार इमेज च्यानलका सन्तोष न्यौपाने- ४ हजार
अन्नपूर्ण पोष्टका विश्वराज खनाल- ४ हजारभगवान त्रिपाठी- ५ हजार
राजेश झा- ४ हजार हरि लम्साल- ५ हजार
डिल्लीराम निर्भिक- ५ हजार राजेश मिश्र- ७ हजार
यादव थपलिया- ५ हजार नेपाल वानका मुकुन्द दाहाल-५ हजार
अन्नपूर्ण पोष्टका बालकुमार नेपाल-४ हजार युगसम्वादका देवराज अर्याल-४ हजार
कान्तिपुर टिभी अर्जुन खडका- ४ हजार युगसम्वादकै ज्ञानहरी अधिकारी-४ हजार
जसुधा प्रधान- ५ हजार पूर्णलाल चुके- ५ हजार
रेवतीरमण सुवेदी- ५ हजार नकुल काजी- ५ हजार
जगदीश शर्मा- ५ हजार केशव पौडेल- ४ हजार
महेशचन्द्र गौतम- ५ हजार अनिलकुमार- ५ हजार
शिशुप्रसाद देवकोटा- ५ हजार हरि मण्डल- ५ हजार
बबिता बस्नेत- ५ हजार कृष्णराज पाण्डे- ७ हजार
राजधानीका उद्धव सिलवाल- ३ हजार दिपक पुडासैनी- ५ हजार
विकल श्रेष्ठ- ५ हजार कृष्ण खोजु- ३ हजार
जयप्रसाद दाहाल- ५ हजार पवन थापा- ५ हजार
रमेश खडका- ५ हजार मोहन श्रेष्ठ- ५ हजार
मोहन ढुंगेल- ४ हजार हिमालयन टाइम्सका इश्वर खनाला- ४ हजार
पूर्णबहादुर थापा- ३५ सय विशाल खत्री- ३ हजार
यदुनाथ अघिकारी- ५ हजार अमर भूजु- ३५ सय
डिल्ली बसेल- ४ हजार रामचन्द्र तिवारी- ५ हजार
राससका श्याम निरौला- २ हजार प्रेस काउन्सिलका विश्वमोहन श्रेष्ठ-५ हजार
झापाका गोपीकृष्ण खनाल- ५ हजार
यसप्रति प्रतिक्रिया भए लेख्न ढिलो नगर्नुहोला ।