View Article  गिरिजा र प्रचण्ड आमने-सामनेपछि निकास: गृहमन्त्री

Home minister says, solutions will come after PM-Prachanda meeting 

सरकारी वार्ताटोली संयोजक तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले आउँदो शुक्रबारसम्म सातदलका शीर्षनेता र माओवादी अध्यक्ष प्रचण्डबीच वार्ता हुने जानकारी दिनुभएको छ। असारको अन्तिम साताभित्र माओवादी सहितको अन्तरिम सरकार गठन हुने बताउँदै उहाँले दिनुभएको अन्तर्वार्तामा सकेसम्म कात्तिक, ढिलोमा चैतसम्म संविधानसभाको चुनाव गर्ने तयारी भैरहेको खुलासा पनि गर्नुभयो।

सरकार-माओवादी दोस्रो वार्ता कहिले हुन्छ ?

अनौपचारिक वार्ता भैरहेको छ। औपचारिक वार्ता २-३ दिनभित्रै गर्ने पक्षमा छौँ।

शीर्ष नेता र माओवादी अध्यक्षबीच वार्ताको तयारी भैरहेको छ रे नि ?

विहिबार वा शुक्रबारसम्म प्रधानमन्त्री र अध्यक्ष प्रचण्ड बीचमा औपचारिक रुपमा वार्ता गराउने प्रयासमा छौँ। त्यसमा अन्य दलका ...   more »

View Article  पत्रकार जगतमा अर्को भूकम्प

Scandal in media sector 

महेश्वर श्रेष्ठ

आजले ठ्याक्कै दुई हप्ता भयो ढाडको समस्याले यो पंक्तिकार आछ्यान परेको । वर्तमान नेपालको अत्यन्त तरल राजनीतिक स्थिति र नेपाली जनताको भविष्य बारे चासो र चिन्ता राख्ने, विविध प्रकारका मानिसहरुसंग भेटघाट र गफसफ गर्नु पर्ने यो मान्छेलाई घरको बिछौनामा कुञ्जिएर बस्नु जस्तो उराठ लाग्दो काम के हुन सक्ला - एफएम सुनेर र पत्रिकाहरु पढेर दिक्दार भएको बेला समवेत विचारका शुभचिन्तक तथा इष्टमित्रहरु फोन गर्छन् । सहानुभूति व्यक्त गर्छन् । सिघ्र स्वास्थ्य लाभको कामना गर्छन् । कतिपय अत्यन्त नजिकका साथीहरु घरमै आउँछन् । सुती सुती खाने भाग्य जुरेछ भनी ठट्टा गर्छन् । शरीरमा पीडा भए ...   more »