Love me father, don't return to jungle 

नेपाल सरकारले आतंककारी तथा विध्वसात्मक नियन्त्रण अध्यादेश खारेजी गरेपछि त्यो ऐन अन्तर्गत थुनामा रहेका बन्दीहरु धमाधम रिहा हुंदैछन । हिजो र गस्ती गरी करिव चार सय माओवादी बन्दी छुटेका छन । मुलुकको राजनीति एउटा निश्चित टुंगोमा पुगेपछि यस्तो वातावरण बनेको हो । यसरी बन्दीहरु छुटेपछि मुलुकमा हतियारको राजनीति अन्त्य हुन लागेको संदेश प्रवाह भएको छ । माओवादी अब हिंसाको राजनीतिमा रहने छैन भन्ने देखिएको छ । हिजो र अस्ति छुटेकाहरुका नातागोता र आफन्त यति खुसी छन कि त्यसको वयान गरिसाध्यै छैन । यतिमात्र नभएर वर्षौदेखि आफना साना बालबालिकासंग समेत छुट्टएिकाका बालबालिकाले अब अभिभावकको न्यायो माया पाएका छन । फोटोमा अस्ति नख्खु कारागारबाट मुक्त भएका माओवादी सम्बद्ध ओमनाथ शिवाकोटी आफ्नी छोरी बोकेर निक्कै प्रफुल्ल देखिन्छन । फोटो पत्रकार सागर श्रेष्ठले क्यामेरामा कैद गरेको यो तस्वीरले ती बालिकाले नयां माया पाएको अनुभुती गरेको देखाउंछ । सायद यी नानीको हृदयले भनिरहेको होला-'मलाइ छोडेर फेरि जंगल नजानूस है बा ।'

हामी पनि कामना गरौं, अब माओवादी जंगल नजाउन, शान्तिपूर्ण राजनीतिमा रहुन । उसो त हिजो प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सेरेमोनियल राजा राख्ने कुरा गरेर माओवादीलाइ भडकाउन खोजेको हो कि जस्तो देखिएको छ । तर माओवादी वार्ता टोली सदस्य दिनानाथ शर्माले कोइरालाको निजी विचारले वार्तामा असर नपर्ने बताएर यो शंका टारिदिएका छन ।