Prachanda in home minister's car

अहिलेसम्म माओवादी र नेपाल सरकारमा रहेका सात राजनीतिक दलका ठूला नेताबीच बिहान ११ बजेदेखि भइरहेको वार्ता टुंगिएको छैन । यो वार्ताको परिणाम के आउला भन्ने जिज्ञासा अहिलेनै मेटाउन सकिएन । अनुमान चाहिं गर्न सकिन्छ-त्यहां माओवादीले संसद विघटन, राजनीतिक सम्मेलन र अन्तरिम संविधानको माग गरिरहेको होला । सरकारले भने प्रतिनिधि सभा विघटन नगर्ने बरु शक्तिशाली अन्तरिम सरकार गठन गर्ने अडान राखिरहेको होला । तर वास्तविकता राति अबेरसम्म खुल्नेनै छ ।
तर म यहां वार्ताको रोचक पक्ष उल्लेख गर्न चाहन्छु । १८ असोज २०५९ मा राजाले निर्वाचित प्रधानमन्त्रीलाइ वर्खास्त गरी निरंकुश सत्ता शुरु गरेपछि वार्ताका लागि हेलिकोप्टरमार्फत ... more »