Journalists in communication ministry for invesgation about taken money by royal govenment
के गर्ने यसो बाहिर फेरो हिडनै पर्यो । तर हिडदा देखिने दृश्यले भने दिनभर नै मुड अफ बनाइरहन्छ । हिजो जनताको रगतको होली खेल्ने कमल थापा र टंक ढकाललाइ काठमाडौं जिल्ला अदालतको रोहवरमा छोडन भनिएपछि रक्सी खाएका निरंकुशताका मतियारहरु देख्नु परेको थियो । आज फेरि अर्का त्यस्तै अनुहारहरु देखियो । त्यो पनि संचार मन्त्रालयमा । हुन त पत्रकारहरुकै के विरोध गर्नु भन्ने मनमा पनि आउंछ । तर के गर्ने कुतत्वहरुको बारेमा नलेखे मनै मान्दैन ।
आज ११ बजेतिर म संचार मन्त्रालय पुगेको थिए । त्यहां संचार राज्यमन्त्रीको सल्लाहकार कुलचन्द्र वाग्लेसंग ... more »