View Article  प्रचण्डलाइ राष्टपति बनाउने कि मुक्ति सेना गिरिजालाइ सुम्पने

Maoist mass meeting concludes in kingdom

मुलुकको नयां शक्तिका रुपमा उदाउदो माओवादीले आज राजधानीको शहीद मञ्चमा शान्तिपूर्वक जनसभा गरेको छ । हतियार उन्मादमा रमाउने माओवादीले राजधानीमै उत्पात मच्चाउने हो कि भन्ने आशंकालाइ चिर्दै माओवादीले शान्तिपूर्वक सभा गरेका छन । यसअघि २०५८ सालमा शेरबहादुर देउवासंगको वार्ता भइरहंदा टुडिखेलमा माओवादीले सभा गर्ने निधो गरे पनि सरकारले रोकेको हुन दिएको थिएन । माओवादीले खुल्ला रुपमा खुल्लामञ्चमा सभा गरेको सायद उ जंगल छिरेपछि पहिलो पटक हो । यसले माओवादी अब जंगल नभइ सहर छिरेको र हतियार त्यागेर शान्तिको पथमा हिडेको संकेत दिएको छ ।

आजको सभामा दसौं हजारले भाग लिए । सभाका प्रमुख वक्ता ...   more »

View Article  लुट श्रृंखलाः भिजिलान्ते र प्रतिगमनका प्यादाबारे सुरक्षाकर्मीनै जानकार

Robbery and looting at banks an financial institutions

राजधानी काठमाडौंमा सशस्त्र डकैती श्रृंखला डरलाग्दो किसिमले बढिरहेको छ । जेठ १४ गते आइतबार दिउँसो नेपाल बैंक लिमिटेडको क्षेत्रपाटी शाखाबाट पाँच जनाको सशस्त्र डाँका समूहले करीब ११ लाख रुपिया लुटे । जेठ १५ गते सोमबार राती शान्तिनगरका डिम पासाङ शेर्पाको घरबाट आठ जनाको सशस्त्र डाँका समूहले परिवारलाई नियन्त्रणमा लिई झण्डै २५ लाख रुपियाँ बराबरको धनमाल लुटे । त्यहि रात ललितपुर भैंसेपाटी स्थित शैलेश प्रधानको घरमा चारजनाको डाँका समूहले परिवारलाई नियन्त्रणमा लिई नगद र गहना सहित डेढ लाख रुपियाँको धनमाल लुटे । जेठ १७ गते बुधबार दिनको ११ बजे माइक्रोबस र ट्याक्सीमा आएको ...   more »

View Article  अब त खोजौं विरेन्द्रको हत्यारा

Time for search King Birendra's murder

Ram Prasad Dahal

रामप्रसाद दाहाल

आज १९ जेठ अनि शुक्रबार पनि । तपाइलाइ याद आएन, राजा विरेन्द्रको वंश नाश गरिएको ०५७ सालको । तर भावुक नबन्नुस किनकी यो कवि, साहित्यकार या गीतकार भएर आंसु चुहाएर केही हुने समय होइन । बरु अठोट गरौं विरेन्द्रको हत्यारा चिन्ने र उचित सजाय दिने । देश विदेशमा शंका छ, विरेन्द्रको हत्या उनकै भाई अर्थात वर्तमान राजा ज्ञानेन्द्रको लामो कसरतको करामत भनेर । यद्यपी यसको गहिरो अनुसन्धान जरुरी छ । केबल मरेका तत्कालिन युवराजाधिराज अर्थात कोमामा बसीबसी २ दिन राजा भएका स्वर्गीय दीपेन्द्रले यो वितण्डा मच्चाएका हुन भनेर पन्छिने बेला ...   more »