Maoist mass meeting concludes in kingdom

मुलुकको नयां शक्तिका रुपमा उदाउदो माओवादीले आज राजधानीको शहीद मञ्चमा शान्तिपूर्वक जनसभा गरेको छ । हतियार उन्मादमा रमाउने माओवादीले राजधानीमै उत्पात मच्चाउने हो कि भन्ने आशंकालाइ चिर्दै माओवादीले शान्तिपूर्वक सभा गरेका छन । यसअघि २०५८ सालमा शेरबहादुर देउवासंगको वार्ता भइरहंदा टुडिखेलमा माओवादीले सभा गर्ने निधो गरे पनि सरकारले रोकेको हुन दिएको थिएन । माओवादीले खुल्ला रुपमा खुल्लामञ्चमा सभा गरेको सायद उ जंगल छिरेपछि पहिलो पटक हो । यसले माओवादी अब जंगल नभइ सहर छिरेको र हतियार त्यागेर शान्तिको पथमा हिडेको संकेत दिएको छ ।

आजको सभामा दसौं हजारले भाग लिए । सभाका प्रमुख वक्ता कृष्णबहादुर महराले राजनीतिक धारणा राख्दै सरकारले सभालाइ लक्षित गरी सेना परिचालन गरेर वार्ता आचारसंहिता उल्लंघन मात्र गरेनन, सात दलले विघटन नगर्ने अडान कसिरहेको प्रतिनिधि सभा भंग गर्न जोड दिए । यो प्रतिनिधि सभाबाट संविधान सभामा पुग्न नसकिने उनको दावी रहृयो, जबकी यही प्रतिनिधि सभाले संविधान सभाको घोषणाका साथै क्रान्तिकारी प्रतिनिधि सभा घोषणापत्र जारी गरिसकेको छ ।

उसो त माओवादी सेनाका डेपुटी कमाण्डर जनार्दश शर्मा प्रभाकरले आफूहरु शान्तिको पोको लिएर खुल्लामञ्चमा प्रकट भएको उल्लेख गर्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाइ माओवादी सेना सुम्पने आशय प्रकट गरे । सभामा उपस्थित हुंदा सैनिक स्यालुट ठोकेका उनले कोइरालालाइ सम्बोधन गर्दै भने-नेपाली सेना तपाइले भनेको मान्दैन भने जनमुक्ति सेना तपाइको आदेश मान्न तयार छ ।' उसो त वार्ता टोलीका सदस्यले प्रचण्डलाइ राष्टपति बनाउन माग गरे । यहां मैले जनसभा तस्वीरहरु समावेश गरेको छु । सबै तस्वीर नेपाली अनलाइनहरुबाट लिइएको हो ।

छोरो खोइ ? मञ्चमा माओवादी नेताहरु क्रमशः प्रभाकर, अग्नी सापकोटा, महरा, दिनानाथ र पछाडिपट्ट िटोपी लाएका माओवादी अध्यक्ष प्रचण्डका पिता मुक्तिराम दाहाल र क्रान्तिकारी विद्यार्थीका अध्यक्ष लेखनाथ न्यौपाने । प्रचण्ड आउछन कि भन्ने जनतामो जिज्ञासा थियो बाबु चाहिं आएछन ।

जनसभाको क्रेजः नेकपा माओवादीले राजधानीको खुलामञ्चमा आयोजना गरेको भव्य आमसभा सुरु हुनु अगावै शुक्रबार खुलामञ्चको दक्षिण तारबारबाट माओवादी कार्यकर्ताका तयारी गतिविधि हेर्दै सर्वसाधारण।

१९ जेठमा खुल्ला मञ्चमा नेकपा माओवादीद्वारा आयोजित बृहत् आमसभा

खुल्ला मञ्चमा नेकपा माओवादीद्वारा आयोजित बृहत् आमसभाको क्रम हराइरहेको माओवादी कार्यकर्ताहरूको तस्विर प्रदर्शन गर्दे।