अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीले अस्ति एउटा खतरनाक धम्की दिए-माओवादीले हतियार नबुझाइ अन्तरिम सरकार गठन भए अमेरिकाले सरकारलाइ आर्थिक सहयोग दिने छैन, माओवादीले हतियार नबुझाएसम्म अमेरिकाले उसलाइ आतंककारीको सूचीबाट हटाउने छैन ।
यसले नेपाली राजनीतिमा ठूलो तरंक ल्याएको छ । अहिले माओवादी नेताहरु मोरियार्टी विरुद्ध खनिएका छन । मानौ अब अमेरिका र माओवादीबीच द्धन्द्ध चल्यो ।
के अहिले नेपालको परिस्थितिमा अमेरिकासंग द्धनद्ध गरेर अगाडी बढन सकिन्छ भन्ने प्रश्न पनि एकातिर छ । मोरियार्टीले कुरा त ठीकै गरेका छन-हतियार नबुझाइ अन्तरिम सरकार गठन स्वीकार्य हुने छैन । यो विषय निक्कै गहिरो छ । यसलाइ नजरअन्दाज ... more »