अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीले अस्ति एउटा खतरनाक धम्की दिए-माओवादीले हतियार नबुझाइ अन्तरिम सरकार गठन भए अमेरिकाले सरकारलाइ आर्थिक सहयोग दिने छैन, माओवादीले हतियार नबुझाएसम्म अमेरिकाले उसलाइ आतंककारीको सूचीबाट हटाउने छैन ।
यसले नेपाली राजनीतिमा ठूलो तरंक ल्याएको छ । अहिले माओवादी नेताहरु मोरियार्टी विरुद्ध खनिएका छन । मानौ अब अमेरिका र माओवादीबीच द्धन्द्ध चल्यो ।
के अहिले नेपालको परिस्थितिमा अमेरिकासंग द्धनद्ध गरेर अगाडी बढन सकिन्छ भन्ने प्रश्न पनि एकातिर छ । मोरियार्टीले कुरा त ठीकै गरेका छन-हतियार नबुझाइ अन्तरिम सरकार गठन स्वीकार्य हुने छैन । यो विषय निक्कै गहिरो छ । यसलाइ नजरअन्दाज गरिए मुलुकमा हतियारको व्यवस्थापन सधै टाढा रहने छ । हुन त मोरियार्टीको विगतको शैली हेर्दा लोकतन्त्र विरोधी पनि नदेखिएका होइनन । तर अहिले भने माओवादीका सबै माग पूरा भैसकेको अवस्था छ । अब माओवादीले हतियार किन राखिरहने भन्ने प्रश्न चानचुने हैन । निश्चय नै राज्य पनि चलाउने र व्रि्रोहीको हतियार पनि चलाउने माओवादीको नियत घातक छ । यसले भविश्यमा माओवादी समेत समस्यामा पर्ने स म्भावना इन्कार गर्न सकिन्न । तसर्थ हतियार व्यवस्थापन जस्तो स संवेदनशील कुरामा यसरी विवाद हुन विडम्वना हो ।
जति चाडो हतियार व्यवस्थापन हुन्छ, त्यति चाडो मुलुकले निकास पाउछ भन्ने कुरा पनि भुल्नु हुन्न । नेपाली जनता अब मोरियार्टी र प्रचण्डकोे जुहार सुन्न चाहंदैनन भनने पनि बुझनु जरुरी छ । अब त हतियार व्यवस्थापन गरी जनतालाइ शान्तिको प्रत्याभूति गराउने नै अहिलेको आवश्यकता हो । तसर्थ यो समस्यालाइ त्यति हलुकार रुपमा हेर्नु नेपाली जनताको अपमान गर्नु हो ।
मोरियार्टीले हतियार आफैसंग राखेर अन्तरिम सरकारमा आउने माओवादी नीतिले अक्टोबर क्रान्तिको झलक दिएको उल्लेख गरेका थिए । प्रचण्डले चाहिं तयसलाइ जवाफ दिंदै 'वाध्य पारिए मोरियार्टीले भने जस्तै अक्टोबर क्रान्ति हुन सकछ' भनेर गैरजिममेवार अभिव्यक्ति दिएका छन । यस्तो अभिव्यक्ति प्रचण्डकबाट जनताले अपेक्षा गरेका छैनन । अपेक्षा त जनताको मुक्ति, राजनीतिक निकास र नेपालको समृद्धिको दिशा पक्रने गरिरहेका छन ।
हुन त प्रचण्डल मोरियार्टीको नयां विचारपछि अन्तरिम सरकार गठनसंगै नेपाली सेना र जनमुक्ति सेनाको एउटै कमाण्ड हुनु पर्ने अभिव्यक्ति दिएका छन । तर, त्यो पनि विचार पुर्याउनु पर्ने विषय हो । सैन्य व्यवस्थापनलाइ हल्काफुल्का रुपमा लिनुभनदा अब व्यवस्थापनको गृहकार्य नै गर्ने पो हो कि ।