View Article  सर्वोच्च अदालतको महाप्रतिगामी आदेश

Supreme courts another coup 

राजाको निरंकुश सत्ता त ढल्यो, तर त्यो सत्ताका मतियारहरुलाइ मुलुकको अदालतले जोगाउन थालेको छ । जनतामाथि लाठी, बुट, अश्रूंग्यास र गोली हान्ने नीति बनाएका र जनताका अधिकारमा धावा बोल्ने राजाको सक्रिय शासनका तीन सहयोगीलाइ रिहा गर्न आदेश दिएर सर्वोच्च अदालतले जनआन्दोलनको भावनामाथि लात मारेको छ । अदालतले गरेको यो काम महाप्रतिगामी हो ।

यसले अदालत अझै जनताको भावना विपरित नै चलिरहेको पुष्टि भएको छ । अब जनताले निरंकुश सत्ताका मतियारलाइ जोगाउन खोज्नेहरुमाथि धावा बोल्ने बेला भएको छ ।

जनआन्दोलनमाथि दमन गरेको अभियोगमा जनभावना अनुसार नै ती तीन अभियुक्तलाइ पक्राउ गरी कालो कोठरीमा ठिंगुर्‍याइएको हो । जनआन्दोलनमा ...   more »

View Article  मर्ने बेलामा हरियो काक्रो

Why Mukunda nepal government's chief secretary ?

                                                                       

 

समय बितेपछि कुनै काम भयो भने नेपालीहरुको मुखबाट 'मर्ने बेलामा हरियो काक्रो' भन्ने शब्द निक्लिहाल्छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले एउटा यस्तै निर्णय लिएछ । ५८ वर्ष उमेरको हदका कारण असारको अन्त्यमा अवकास लिन लागेका मुकुन्द शर्मा पौडेललाइ नेपाल सरकारको कामु मुख्यसचिव बनाइएछ ।

यो उमेरको करामत पनि होला । ८४ वर्षे बुढो गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको मन्त्रिपरिषदले उनीभन्दा ज्यादै कम उमेरको ठानेर पौडेललाइ त्यो पद दिएको होला । यसलाइ मर्ने बेलामा हरियो काक्रो भन्ने उखानसंज दाज्दा के फरक पर्ला र । तर दर्भाग्य नै मान्नुपर्छ-राजाको सक्रिय शासनमा पनि सोझै राजासंग सम्पर्क ...   more »