King exercising another poly: pahari
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आज सांझ ६ बजे भारत भ्रमण सकेर देश फर्कदै छन । उनले भारतसंग नेपालको हित हुने काम गरे कि अहित भन्ने रहस्य खुल्दै जाला, विश्लेषणहरु होलान ।
यहां चाहिं उनी जांदा टेलिभिजनका पर्लाहरुमा देखिएको दृश्यको एक झलक दिन खोजिएको हो, त्यो के हो भने उनले अरु कसैसंग हात मिलाएनन तर जनतालाइ सधै दमन गर्ने नाम फेरिएको चरित्र नफेरिएको नेपाल सेनाका प्रमुख प्याराजंग थापासंग । यसले के देखाउंछ भने अहिले पनि राजाकै संरचनाको हालीमुहाली यस देशमा छ ।
यो पृष्ठभूमीमा राजा अझै रहलान र उनले फेरि जनता विरुद्ध षडयन्त्र गर्लान भन्नु अति नहोला । ... more »