मलाइ यो कविता ब्लगमा हालू कि नहालू भनेर धेरै घोत्लिनु पर्यो । केही साथीले नहाल्न सल्लाह दिएका थिए । तर मैले लामो मथिगंल खियांएपछि के लाग्यो भने मुलुकमा समावेशीकरणको यत्रो चर्चा चलिरहेको छ । त्यसमा ब्लगमा समावेशीकरण पनि अवश्य पर्छ । राज्यले नै महिलाका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको अवस्थामा त्यो ५० प्रतिशत चाहिने माग भइरहेको छ । यस्तो अवस्थामा मलाइ पनि नेपालइन्फो सिभी ब्लग समावेशी हुनुपर्दछ भन्ने लाग्यो । समावेशीका लागि सबिना सिन्धुजीको यो कविता समावेश गरेको छु । जो मेरो परिचयको व्यक्ति हुनुहुन्न । नेपाल इन्फोको मेलमा उहांको कविता प्राप्त भएको हो । सिन्धुली निवासी सिन्धुजीको परिवर्तन ... more »
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Monday, July 31
by
Nepal Info
on Mon 31 Jul 2006 09:44 AM CEST
Sunday, July 30
by
Nepal Info
on Sun 30 Jul 2006 12:34 PM CEST
Army chief absences !
जनआन्दोलन-२ मा २१ जना नेपालीको हत्या र कैयौंलाइ अंग भंग तथा अपांग पारेको सुरक्षाकर्मीले नै हो । विचरा सडकमा खटिने सुरक्षाकर्मी त माथिको आदेश भन्दै गोली ठोक्ने पात्र मात्र हुन । मूल रुपमा जनता मार्ने आदेश दिने शाही नेपाली सेना नै हो । उसले युनिफाइड कमाण्डका नाममा सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको परिचालन गरेको हो । सधै राजाको पक्षमा र जनताको विरुद्ध रहंदै आएको सेनाले गरेको यो ज्याततिको जिम्मेवारी त्यसका कथित प्रमुख प्याराजंग थापाले लिनै पर्छ । कथित किन भने उनी भन्दा माथि राजा परमाधिपति थिए । तर आज एउटा समाचार सुनेर मलाइ त ... more »
by
Nepal Info
on Sun 30 Jul 2006 09:45 AM CEST
Issues of NHRC restructuring विचार/Views शोभाकर बुढाथोकी/Shobhakar Saturday, July 29
by
Nepal Info
on Sat 29 Jul 2006 08:00 AM CEST
Summon King
जनआन्दोलन-२ अभूतपू्र्व रुपमा सफल भएको छ । संसारमै नयां तरंग ल्याउने गरी भएको जनआन्दोलनमा २१ जना निहत्था नेपाली नागरिकको राज्यले हत्या गरेको छ । हजारौ घाइते, अंगभंग भएका छन । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा भएको यी सबै कुकृत्यको जिम्मेवार मूल रुपमा उनकै थाप्लोमा जान्छ र जानुपर्दछ । जनआन्दोलनमा भएको दमनबारे छानविन गरी कारवाहीको सिफारिस गर्न बनेको आयोग अहिले निक्कै खटेर काम गरिरहेको छ । केही दिनअघि आयोगका सदस्य हरिहर विरहीले 'राजासंग पनि वयान लिइने' अभिव्यक्ति दिएपछि नेपाली जनता हर्षित भएका थिए । यो देशमा जनतामाथि दमन गर्ने जो कोही एक न एक दिन कठघरामा उभिनु पर्ने दिन आयो ... more » Friday, July 28
by
Nepal Info
on Fri 28 Jul 2006 12:00 PM CEST
Maoist expands ceasefire सशस्त्र व्रि्रोह रोकेर शान्तिवार्ताको टेबुलमा बसिरहेको माओवादी अध्यक्ष प्रचण्डले 'आठ बूंदे सहमतिको मर्म अनुसार शान्तिवार्ता अगाडि बढाउने तत्परता प्रदर्शन नगरे 'शान्तिपूर्ण जनआन्दोलनको अर्को सशक्त कार्यक्रम घोषणा गर्न बाध्य हुने' चेतावनी दिएका छन । जनआन्दोलन-२ को सहयात्री सात दलको सरकारलाइ यस्तो चेतावनी दिने स्थितिको निर्माण हुनु निक्कै गम्भीर विषय हो । माओवादीले भएका सहमति कार्यान्वयन खोज्न अनौठो होइन । सात दलको सरकार त्यसमा प्रतिवद्ध हुनु पर्दछ । प्रचण्डले युद्धविराम अवधि थप भएको जानकारी दिन आज जारी गरेको विज्ञप्तिमा 'हाम्रो पार्टी, यस बीचमा आठ बूंदे सहमति कार्यान्वयनका लागि विभिन्न पक्षसंग गंभीर अन्तरक्रिया गर्दै शान्तिवार्ता सफल पार्न दृढतापूर्वक अगाडि बढिरहेको ... more » Wednesday, July 26
by
Nepal Info
on Wed 26 Jul 2006 12:53 PM CEST
Prachanda meets army chief thapa
शाही नेपाली सेनाको चरित्र र सांगठनिक संरचना नफेरिए पनि नाम फेरिएको छ । यसका बारेमा अहिले विभिन्न बहसहरु भइरहेको छ । कसैले सेनालाइ भंग गर्नु पर्ने तर्क गरिरहेका छन, कसैले यसको लोकतान्त्रिकरणमा जोड दिएका छन । कसैले यसको विद्यमान ९० हजारको संख्या घटाउनु पर्ने कुरा गरिरहेका छन । उसो त लोकतान्त्रिक आन्दोलनमा उत्रेका निहत्था जनतामाथि गोली बर्षाएर ज्यान लिने सेनाका प्रमुख प्याराजंग थापा अझै त्यो पदमा कायम रहनुले यी बहसलाइ फिक्का पारिदिएको छ । उनीमाथि कारवाही नहुनु रहस्यको विषय हो । उनलाइ प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले काखी च्यापेको चर्चा चलिरहेको छ । यही प्रसंगमा कोइराला ... more » Tuesday, July 25
by
Nepal Info
on Tue 25 Jul 2006 03:05 PM CEST
…Tarror' Letter to Annan एघार वर्षदेखि सशस्त्र व्रि्रोह गरिरहेको माओवादीलाइ लोकतान्त्रिक सरकार गठन हुनुअघिसम्म राज्यले 'आतंककारी'को बिल्ला भिराउदै आएको थियो । लोकतान्त्रिक सरकारले उसलाइ आतंककारी देखेन, त्यो बिल्ला हटायो । उसका सारा कार्यकर्तालाइ जेल मुक्त गर्यो । रेडकर्नर नोटिस फिर्ता लियो । शान्तिवार्ताको सकारात्मक पहल त्यही कारण भइरहेको छ । अहिले मूलत हतियार व्यवस्थापनको मुद्धामा शान्तिवार्ता अडकेको छ । माओवादी अन्तरिम सरकारमा आइ राज्य र आफनो हतियार प्रयोग गरी संविधान सभामा जाने र त्यसको परिणाम आफनो पक्षमा पार्ने रणनीतिमा देखिन्छ । तर जनआन्दोलनबाट आएको सरकार र संसारै माओवादीको हतियारको व्यवस्थापनपछिमात्र माओवादीलाइ सत्तामा ल्याउन तयार देखिन्छन । त्यही कारण प्रधानमन्त्री ... more » Wednesday, July 19
by
Nepal Info
on Wed 19 Jul 2006 02:17 PM CEST
Strike in singadurbar
अजय बम/Ajaya Bam नारायणहिटी राजदरबारको शक्ति समेत खिच्न सफल नेपाल सरकारको केन्द्रिय सचिवालय सिंहदरबार आज दिनभर अस्तव्यस्त रहृयो । हिजो सिंहदरबारको दक्षिण गेटमा एक बन्दुके (सुरक्षाकर्मी)ले संसद सचिवालयका सवारी चालकमाथि कुटपिट गरेको विरोधमा सबै सरकारी सवारी चालकहरुले सिंहदरबार ठप्प पारिदिएका हुन । उनीहरुले सिंहदरबार प्रवेश गर्ने मूलद्धार र सिंहदरबारभित्रका चोकचोकमा सरकारी गाडी तेर्स्याएर अवरोध सिर्जना गरेका थिए । यसले दिनभर नै सिंहदरबारको कामकारवाही प्रभावित भयो । सरकारी सवारी चालकहरुले चालकमाथि कुटपिट गर्ने सुरक्षाकर्मीलाइ कडा कारवाही गरिनु पर्ने, अस्थायी चालकलाइ स्थायी गरिनु पर्नेलगायतका माग राखेर आन्दोलन गरेका हुन । उनीहरुको आन्दोलनका कारण आज मन्त्रीदेखि मन्त्रालयका सचिवसम्म लुरुलुरु ... more » Monday, July 17
by
Nepal Info
on Mon 17 Jul 2006 07:12 AM CEST
What Editor of kantipur done ?
कान्तिपुर पब्लिकेशन नेपालको पत्रकारितालाई निजी क्षेत्रबाट हाकिरहेको एक नम्बर हो भनिन्छ । तर कान्तिपुर दैनिक भन्ने पत्रिका कति व्यवसायीक छ भनेर बुझनेले बुझेकै छ, नबुझनेका लागि कान्तिपुर एउटा भ्रम नै हो । प्रसंग हरेक आइतबार प्रकाशित हुने नेपालको हो । हिजोको नेपाल साप्ताहिकले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पुत्री सुजाता जोष्टको अन्तवार्ता लिएको रहेछ । त्यसमा सुजाता पुत्रीको भोजमा भएको तडकभडक र महंगो खर्चको सफाइ दिने मौका दिइएको रहेछ । उसो त कान्तिपुर दैनिकले पनि भोजका दिनको समाचार निक्कै महत्वका साथ छापेको थियो । त्यसमा सुजाता जोष्ट, उनकी ज्वाइ र छोरीका साथै शुभकामना दिन गएका प्याराजंग ... more » Sunday, July 16
by
Nepal Info
on Sun 16 Jul 2006 12:11 PM CEST
PM koirala surprised !
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आज एउटा अचम्मको कुरा गरेछन । उनले अस्ति नेपाली काग्रेस, एमाले र माओवादीका शिर्षनेताहरुबीच भएको बैठकमा भएको अनौपचारिक सहमत्रि्रति आपत्ति जनाएका छन । आज बिहान सभामुख सुभाष नेम्वाङसँगको भेटमा उनले सबैसंग सरसल्लाह नगरी कुनै पनि विषयमा टुंगोमा पुग्नु आर्श्चर्यजनक भएको बताएका छन । त्यो बैठकमा काग्रेसका सभापति भए पनि बिरामी भएकाले उनको उपस्थिति थिएन । तर उनका हनुमान सुशिल कोइरालालगायतको उपस्थिति थियो । त्यो बैठकमा के के अनौपचारिक सहमति भयो भनेर वास्तविकता आउन सकेको छैन । नेपाली काग्रेस, एमाले र माओवादीले आआफना तालका प्रचार गरिरहेका छन । यी पंगु नेताहरुलाइ नेपाली जनताले विश्वास ... more » |
Categories
This Month
Month Archive
|
||





