Clean cheat to journalists !
नेपाल गजबको मुलुक हो । यहां जुनसुकै व्यवस्था आए पनि जो चोर उसको ठूलो स्वर हुंदो रहेछ । अहिले यस्तै भएको छ पत्रकारिता क्षेत्र । शाही सत्ताका बेला निरंकुश सत्ताको भजन गाएवापत हण्डी लिने पत्रकारहरुलाइ लोकतान्त्रिक भनाउदो सरकारले सफाइ दिएको छ । सूचना तथा संरचार मन्त्रालयले छानवीनबाट केही पत्रकारले हण्डी लिएको नपाइएको भनी उनीहरुलाइ 'चारित्रिक सफाइ प्रमाणपत्र' उपलब्ध गराएको छ । यसले उनीहरुको मनोबल यति बढेको छ कि अब हामी नै महान लोकतान्त्रिक हौ भनेर छाती पिटदै हिडन थालेका छन ।
आज नेपाल पत्रकार महासंघमा यो चरित्र देखियो । त्यहां अर्जुन खडका, विश्वराज खनाल, बालकुमार नेपाल, इश्वर खनालले आफूहरुले सफाइ पाएको प्रमाणपत्र देखाएर अरु पत्रकारलाइ लज्जावोध महसुस गराए । यो कति जायज हो भन्ने चाहिं थाहा हुन सकेन । तर लोकतन्त्र पक्षधर पत्रकार जो शाही सत्ताका बेला निक् प्रताडित थिए, आन्दोलित थिए
को मनोबल भने यसले खस्काएको छ ।राज्यले ज जसले हण्डी नलिएको दावी गर्दै निवेदन दिने सबैलाइ सफाइ दिए जस्तो छ । यो भन्दा विडम्बना के हुन सक्छ र ।
तपाइलाइ थाहै होला निक्कै ठूलो दवावपछि सरकारले शाही सत्ताका बेला हण्डी खाने ८४ पत्रकारको नाम सार्वजनिक गरेको थियो, जसले नेपाली पत्रकारिताको सुद्धिकरणमा योगदान पुगेको थियो । तर धेरै दिन बित्न नपाउंदै ठयाक्कै उल्टो भएको छ ।