Strike in singadurbar

अजय बम/Ajaya Bam
नारायणहिटी राजदरबारको शक्ति समेत खिच्न सफल नेपाल सरकारको केन्द्रिय सचिवालय सिंहदरबार आज दिनभर अस्तव्यस्त रहृयो । हिजो सिंहदरबारको दक्षिण गेटमा एक बन्दुके (सुरक्षाकर्मी)ले संसद सचिवालयका सवारी चालकमाथि कुटपिट गरेको विरोधमा सबै सरकारी सवारी चालकहरुले सिंहदरबार ठप्प पारिदिएका हुन । उनीहरुले सिंहदरबार प्रवेश गर्ने मूलद्धार र सिंहदरबारभित्रका चोकचोकमा सरकारी गाडी तेर्स्याएर अवरोध सिर्जना गरेका थिए । यसले दिनभर नै सिंहदरबारको कामकारवाही प्रभावित भयो ।
सरकारी सवारी चालकहरुले चालकमाथि कुटपिट गर्ने सुरक्षाकर्मीलाइ कडा कारवाही गरिनु पर्ने, अस्थायी चालकलाइ स्थायी गरिनु पर्नेलगायतका माग राखेर आन्दोलन गरेका हुन । उनीहरुको आन्दोलनका कारण आज मन्त्रीदेखि मन्त्रालयका सचिवसम्म लुरुलुरु ... more »