Maoist expands ceasefire
सशस्त्र व्रि्रोह रोकेर शान्तिवार्ताको टेबुलमा बसिरहेको माओवादी अध्यक्ष प्रचण्डले 'आठ बूंदे सहमतिको मर्म अनुसार शान्तिवार्ता अगाडि बढाउने तत्परता प्रदर्शन नगरे 'शान्तिपूर्ण जनआन्दोलनको अर्को सशक्त कार्यक्रम घोषणा गर्न बाध्य हुने' चेतावनी दिएका छन ।
जनआन्दोलन-२ को सहयात्री सात दलको सरकारलाइ यस्तो चेतावनी दिने स्थितिको निर्माण हुनु निक्कै गम्भीर विषय हो । माओवादीले भएका सहमति कार्यान्वयन खोज्न अनौठो होइन । सात दलको सरकार त्यसमा प्रतिवद्ध हुनु पर्दछ । प्रचण्डले युद्धविराम अवधि थप भएको जानकारी दिन आज जारी गरेको विज्ञप्तिमा 'हाम्रो पार्टी, यस बीचमा आठ बूंदे सहमति कार्यान्वयनका लागि विभिन्न पक्षसंग गंभीर अन्तरक्रिया गर्दै शान्तिवार्ता सफल पार्न दृढतापूर्वक अगाडि बढिरहेको छ, तर, सात दलको सरकार भने झनपछि झन जनआन्दोलनका दमनकारीहरुसंग सांठगांठ बढाउने र आन्दोलनको प्रमुख सहयात्री हाम्रो पार्टीप्रति भ्रमको खेती बढाउनेमा जोड गरिरहेको देखापर्नु कम आश्चर्यपूर्ण रहेको छैन' भनेका छन । यद्यपी माओवादीले पनि हठ कम गरी सहमतिको वातावरण निर्माण गर्नु पर्दछ । माओवादी जिम्मेवार हुंदाहुंदै राज्य अनुदार देखियो भने जनताले तिनलाइ गोर्खे लौरो लगाउने छन ।
प्रचण्डको विज्ञप्तिको पूर्ण पाठः
शान्ति र गणतन्त्रका लागि उर्लिएको ऐतिहासिक जनआन्दोलनको मर्म र भावनाअनुसार संविधानसभामार्फत शान्तिपूर्ण ढंगले नयां नेपालको निर्माण गर्ने उद्देश्यसहित हाम्रो पार्टीले एकपक्षीय रुपमा गरेको तीन महिने युद्धविरामको अवधि आज पूरा हंुदैछ । यहां यो स्मरण गर्नु सान्दर्भिक हुनेछ कि गत साल पार्टीले देशमा निरंकुश राजतन्त्रका विरुद्ध नयां राजनैतिक धु्रवीकरण र निकासका लागि आवश्यक पहल लिंदै एकपक्षीय रुपमा तीन महिने युद्धविरामको घोषणा गरेको थियो र सोही अवधिमा सात राजनैतिक दलसंग १२ बू
"दे समझदारी कायम भएको थियो । १२ बुंदे समझदारीको महत्व इतिहाससिद्ध भइसकेको छ । पछिल्लो तीन महिने युद्धविरामको अवधिमा शान्ति र परिवर्तनको जनआंकक्षाअनुसार भएको अर्को महत्वपूर्ण उपलब्धि बालुवाटारमा कायम गरिएको आठ बू"दे सहमति हो । हाम्रो पार्टीको गहिरो विश्वास रहेको छ कि आठ बू"दे सहमतिलाई दृढता र इमान्दारीतापूर्वक कार्यान्वयन गरेर मात्र देशलाइ शान्ति र परिवर्तनको दिशामा डोर्याउन सकिन्छ । देश र जनताको यही आवश्यकताप्रति आफ्नो जिम्मेवारीबोध र प्रतिबद्धतालाई स्पष्ट गर्दै हाम्रो पार्टी, यसै वक्तव्यमार्फत् अर्को तीन महिनाका लागि युद्धविराम थप गरिएको घोषणा गर्दछ ।यहां हामी यो कुरा स्पष्ट गर्नु पनि आफ्नो कर्तव्य ठान्दछौं कि आठ बूंदे सहमति कायम भएपछि त्यसका पक्षमा दृढतापूर््वक उभिएर अगाडि बढ्नुको सट्टा, सात दलको सरकार र कथित संसद भने विभिन्न कुतर्क र वहानाबाजी गर्दै त्यसबाट पछि हट्न खोज्दैछ । यस सन्दर्भमा, अझ गंभीर चिन्ताको विषय यो भइरहेको छ कि उनीहरुको त्यसप्रकारको रवैयाका पछाडि विदेशी शक्ति केन्द्रहरुको दवाव र इसाराले बढी काम गरिरहेको छ । सात दलको सरकारका यसबीचका काम कार्यवाही र 'संसद'मा हुने गरेका अनौठा निर्णय र घोषणाहरुको प्रकृति हेर्दा उनीहरु जनआन्दोलनको मर्म र भावना विपरीत गइरहेको कुरा स्पष्ट देखिन थालेको छ ।
हाम्रो पार्टी, यस बीचमा आठ बूंदे सहमति कार्यान्वयनका लागि विभिन्न पक्षसंग गंभीर अन्तरक्रिया गर्दै शान्तिवार्ता सफल पार्न दृढतापूर्वक अगाडि बढिरहेको छ । तर, सात दलको सरकार भने झनपछि झन जनआन्दोलनका दमनकारीहरुसंग सांठगांठ बढाउने र आन्दोलनको प्रमुख सहयात्री हाम्रो पार्टीप्रति भ्रमको खेती बढाउनेमा जोड गरिरहेको देखापर्नु कम आश्चर्यपूर्ण रहेको छैन । आठ बूंदे सहमति कार्यान्वयन गर्न तथा शान्तिवार्ता सफल पार्न हाम्रो पार्टी केन्द्रले राजधानीमा गरिरहेको अथक प्रयासलाई यदि सरकार र कथित संसदले हाम्रो कमजोरीकारुपमा हेरेर आफ्नो दीर्घजीवनको 'सपना' देखेको हो भने त्यसबाट छिट्टै व्यंूझनु हितकर हुनेछ । विदेशमा उल्टापाल्टा चिठी लेखेर तथा विदेशका कतिपय उल्टापाल्टा कुरा सुनेर महान् नेपाली जनताको भावना र आकांक्षामा ठेस पुर्याउने काम अविलम्ब बन्द गरी सरकारले, आठ बूंदेको मर्म अनुसार शान्तिवार्ता अगाडि बढाउने तत्परता प्रदर्शन गरोस् भन्ने हाम्रो जोडदार आग्रह छ । अन्यथा हामी युद्धविरामकै अवधिभित्र शान्तिपूर्ण जनआन्दोलनको अर्को सशक्त कार्यक्रम घोषणा गर्न बाध्य हुनेछौं ।