मलाइ यो कविता ब्लगमा हालू कि नहालू भनेर धेरै घोत्लिनु पर्‍यो । केही साथीले नहाल्न सल्लाह दिएका थिए । तर मैले लामो मथिगंल खियांएपछि के लाग्यो भने मुलुकमा समावेशीकरणको यत्रो चर्चा चलिरहेको छ । त्यसमा ब्लगमा समावेशीकरण पनि अवश्य पर्छ । राज्यले नै महिलाका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको अवस्थामा त्यो ५० प्रतिशत चाहिने माग भइरहेको छ । यस्तो अवस्थामा मलाइ पनि नेपालइन्फो सिभी ब्लग समावेशी हुनुपर्दछ भन्ने लाग्यो । समावेशीका लागि सबिना सिन्धुजीको यो कविता समावेश गरेको छु । जो मेरो परिचयको व्यक्ति हुनुहुन्न । नेपाल इन्फोको मेलमा उहांको कविता प्राप्त भएको हो । सिन्धुली निवासी सिन्धुजीको परिवर्तन कविता संग्रह-२०५९ र सूर्योदयको क्यानभास संयुक्त कविता संग्रह-२०६१ प्रकाशित भएको रहेछ भने उहांको प्रमुख लेखन विधा कविता र बालकथा रहेछ ।

प्रतिक्रियाहरुका लागि स्वागत छ ।

                                                                                                   -सबिना सिन्धु

दिन ढल्यो र रात पनि उसै गरी ढल्दैछ ,

सयपत्रिका सपना जस्तै पत्रपत्र भएं की आफै

गल्ली स्वयम अध्यारो बन्दैछ

रात संगै ।

जीवन यसै गरी छटपटिन्छ

हरेक सांझ यस्तै गरी ।

नयां सपना देख्ने आशामा

हरेक सांझ म तिमीलाई चिहाउंछु

तर कहिल्यै मिल्दैनन त्रि्रा र मेरा सपना ।

तिमी घामको सपना देख्छो .

र उज्यालोको सपना देख्छौ ।

म रातको सपना देख्छु

र जूनको सपना देख्छु ।