Nepal gov. runing by older

८४ वर्षिय बुढो र जीर्ण शरीरका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अचानक विरामी परेर अहिले अस्पतालको शैथ्यामा छन । उनी विरामी परेको पर्यै छन, यस्ता प्रधानमन्त्रीबाट मुलुकले कसरी निकास पाउला भन्ने कौतुहलता उब्जिएको छ । नथेक्ने शरिरले राज्य चलाउन सम्भव छैन ।
मलाइ चाहिं के लागिरहेको छ भने मृतहरुले नेपालमा शासन गरिरहेकाले यस्तो भएको हो । नेपालीको औसत आयु भनेकै ६०/६३ वर्ष हो । तर त्यो भन्दा ३० वर्ष बढी उमेरका व्यक्तिले शासन संचालन गरिरहेको अवस्था छ । वास्तवमा नेपालीको औषत आयु कटिसकेकाहरुलाइ शासन संचालन गर्न दिन नहुने हो । त्यो उमेर कटेका व्यक्तिले उचित सम्मान र अभिभावकत्वको भूमिका निर्वाह गर्नु पर्ने हो । किनकी उनीहरु सक्रिय हुने उमेर कटिसकेको हुन्छ । तिनले गर्ने शासनलाइ मृतहरुले गरेको शासन भन्न नमिल्ला जस्तो लाग्दैन । उसो त कोइरालाको मन्त्रिपरिषदका अधिकाशं सदस्य पनि औसत आयु पार गरिसकेका छन । विगतमा सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्ददेखि धेरै नेताले पनि औसत आयु समाप्त भएपछि नै राज्य संचालन गरे । यसले राज्यलाइ कहिं पुर्याएन । तसर्थ अब मुलुकमा मृतहरुको शासनको अन्त्य हुनु पर्छ । युवा जमातले शासन संचालनको बागडोर सम्हालुन भन्ने जनअपेक्षालाइ नजरअन्दाज गरिनु हुन्न ।
यही प्रसंगमा प्रधानमन्त्रीको शरिर तलमाथि भयो भने अहिलेको राजनीतिक संकट कसरी हल हुन सक्छ भन्ने प्रश्न टडकारो रुपमा उठछ । निश्चय नै राष्टिय र अन्तराष्टिय जगतले स्वीकार गरेको एकमात्र व्यक्ति कोइराला हुन । राजा विरुद्धको आन्दोलन उनकै नेतृत्वमा भएको हो, उनले लिएको अडानकै कारण आन्दोलन त्यति उठेको थियो ।
जे होस कोइरालाको स्वास्थ्यबारे हिमाल खबरको समाचार हेरांै-५ असार अबेर राति प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वस्थामा अचानक समस्या देखापरे पछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो। राति अचानक अस्वास्थ्य भएका प्रमलाई शहीद गंगालाल ह्रदयरोग केन्द्रमा लगिएको थियो।
प्रमका निजी चिकित्सक मधु घिमिरेले अस्पतालमा पत्रकारसँगको कुराकानीमा प्रमको स्वास्थ्यमा क्रमिक सुधारका संकेत देखिन थालेको जानकारी दिनुभएको छ। केही साताअघि मात्र उहाँ बैंककमा स्वास्थ्य उपचार गराई फर्कनुभएको थियो।
प्रधानमन्त्री कोइरालाले मंगलबार ९६ असार० संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भइरहेको थियो।