View Article  राजाका मतियार होइन, राजालाइ कठघरामा उभ्याउनु पर्छ

Not King's principal sec, grill to king 

पशुपति भक्त महर्जन भन्ने व्यक्ति राजाको निरंकुश शासनका मूल मतियार भएकोमा कसैको दुइमत रहेन । जनआन्दोलन दवाउन उनको सक्रिय भूमिका थियो । यद्यपी जनआन्दोलन यिनको मात्र बुताले दबाएको मान्न सकिन्न, २१ जना नागरिक मारिनु एवं ६ सय भन्दा बढी घाइते पारिनुमा सोझै राजा ज्ञानेन्द्रको क्रूर मनसायले काम गरेको छ । तसर्थ अब राजा ज्ञानेन्द्रलाइ नागरिक आयोगको कठघरामा उभ्याउन ढिला गर्नु हुन्न ।

जनआन्दोलनमा भएको दमन लगायतका विषयमा छानवीन गर्न गठित उच्चस्तरिय जाँचवुझ आयोगले राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जनसँग आज बयान लियो। विहान ११ बजे आयोगको कार्यालयमा पसेका महर्जन दिउँसो करिव पौने २ बजे ...   more »

View Article  पेट्रोलियम मूल्यबृद्धि: जनताको प्रचण्ड विरोधका सामु सरकार पराजित

Why Petro price hike ?

महेश्वर श्रेष्ठ

विचार/Views

जनआन्दोलन-२ को अभूतपूर्व बलमा बनेको ुलोकतान्त्रिकु सरकारले २०६३।४।२ गते शुक्रबारदेखि लागु हुने गरी सम्पूर्ण पेट्रोलयिम पदार्थको मूल्यमा भारी बृद्धि गरी नेपाली जनतालाई पहिलो आर्थिक उपहार प्रदान गर्न खोजेको थियो । नयाँ मूल्य अनुसार र्सवसाधारणले प्रयोग गर्ने प्रति लिटर पेट्रोलमा २५।३२५ ले मटितेलमा २३।३५५ र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर ११।११५ ले मूल्यबृद्धि गरिएको थियो । मूल्यबृद्धि सम्बन्धमा पेट्रोलियम पदार्थको एकलौटी व्यापार गर्ने अधिकार प्राप्त सरकारी व्यापारिक संस्था नेपाल आयल निगमले जारी गरेको विज्ञप्तिमा यस अघि उसले मासिक ८३ करोड रुपिया घाटा खाँदै आएकोमा हालै गरिएको मूल्यबृद्धिले त्यसलाई मासिक २१ करोड ६६ लाखमा ...   more »

View Article  संविधानसभा एजेण्डालाई फेरि रद्दीको टोकरीमा फाल्ने प्रपञ्च

Again conspiracy

डा.बाबुराम भट्टर्राई/Dr. Baburam bhattrai

विचार/Views

क्रान्ति र प्रतिक्रान्ति संगसंगै अघि बढ्नु समाज विकासको स्वाभाविक प्रक्रिया हो । विश्वका क्रान्तिकारी आन्दोलनहरूको इतिहासमा यो प्रायः सधैं देखिने गरेको छ । प्रत्येक क्रियाको बराबरी र विपरीत प्रतिक्रिया हुन्छ भन्ने भौतिक विज्ञानको नियम झैं सायद समाज विज्ञानको समकक्षी नियम हो यो ।

नेपालमा यतिबेला २३८ वर्षपुरानो सामन्ती राजतन्त्रवादी राज्यसत्ताको अन्त्य र लोकतान्त्रिक गणतन्त्रवादी राज्यसत्ताको स्थापनाको अभियान जुन तीव्र गतिमा अगाडि बढिरहेको छ त्यसको विरुद्ध देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरूको नया" गठबन्धन पनि उही तीव्रतामा निर्माण भइरहेको पर्याप्त संकेत मिलेको छ । लोकतान्त्रिक गणतन्त्रवादी धारका विरूद्ध कथित् सेरेमोनियल राजतन्त्रवादी धार निर्माण गर्न ...   more »

View Article  सैनिक मुख्यालय घेरिने चेतावनीपछि रक्षा सचिवको हुंकार

People plans to protest infront of Army headquater

रक्षासचिव विष्णुदत्त उप्रेतीले भैरवनाथ गणबाट बेपत्ता पारिएका ४९ माओवादी बन्दीका बारेमा १५ दिनभित्र यथार्थ जानकारी दिने बताउनुभएको छ ।

प्रतिनिधिसभा परराष्ट तथा मानवअधिकार समितिको मंगलबार बिहान बसेको बैठकमा रक्षासचिव उप्रेतीले ४९ माओवादी बन्दीका सम्बन्धमा यथार्थ जानकारी दिन नसके सेना सरकारको मातहतमा नभएको प्रष्ट हुने समेत बताउनुभयो ।

संयुक्त राष्ट संघ मानवअधिकार उच्चायोगले केही समयअघि भैरवनाथ गणमा थुनिएका ४९ माओवादी बन्दीलाई सेनाले बेपत्ता पारेको प्रतिवेदन सार्वजनिक गरेपछि उनीहरूको बारेमा खोजी भइरहेको छ । माओवादीले भने सेनाले उनीहरूको हत्या गरेको दावी गर्दै आएको छ ।

यसैबीच माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु -क्रान्तिकारी) ले बेपत्ताहरूको ...   more »

View Article  तराइ यात्रा अनुभवः चक्काजाम खुलेपछि बाटो लाग्नू

Citizenship problems in Terai

महेश्वर श्रेष्ठ

विचार/Views

नेपाल मण्डल फोरमको विशेष कार्यक्रम अर्न्तर्गत झापा जिल्लाको भ्रमण सक्याएर २०६३ साल साउन १७ गते बिहानको बस चढी दमकबाट काठमाडौंका लागि प्रस्थान गरेको यो पंक्तिकार १० बजे धनुषा जिल्लाको ढलकेबर पुग्दा सयौं यात्रुबस र मालबाहक ट्रकहरु सडकमा अलपत्र पडिरहेको देखे पछि कुनै पनि निहुँमा चक्काजाम गर्ने संस्कारका पारखी नेपालीहरुले त्यहाँ पनि चक्काजाम नै गरेका होलान् भन्ने लख काट्न कुनै समस्या परेन । खास कारण बुझदा नागरिकता पाउनबाट बञ्चित मधिसे समुदायका व्यक्तिहरुले आफ्ना माग पूरा गराउन त्यस दिन बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म राजमार्गमा बेञ्ची र ढाट तेर्स्याएर अनि तीन चार सय जनाले ...   more »

View Article  आन्दोलनको रांको दन्कियो, मूल्य नघटाइ सुखै छैन

Petro hike demonstrations continues 2nd day 

पेट्रोलियम पदार्थमा भएको भारी मूल्य वृद्धि विरुद्ध दोस्रो दिन पनि मुलुकभर आन्दोलन उठेको छ । आन्दोलनको दवावमा परेर गृह नगर विराटनगरबाट राजधानी आउन लागेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले 'मूल्य समायोजन हुने' आश्वासन दिएका छन । जनताको आक्रोस थेग्न सरकारलाइ हम्मेहम्मे परिरहेको छ, उद्योग मन्त्री हृदयेश त्रिपाठीले पनि आइतबार सांझसम्म मूल्य घटाइने वचन दिएका छन, आन्दोलनको दवाव हेर्दा मूल्य नघटाइ राज्यले सुखै नपाउने देखिएको छ ।

राजधानीका विभिन्न स्थानमा दोस्रो दिन आइतबार भएको प्रदर्शनका दृश्यहरु यहां समावेश गरिएको छ । तस्विरहरु हिमाल खबर र नेपाल न्यूज डट कमबाट लिइएको हो ।

मूल्य वृद्धिको आक्रोश पोख्न प्रदर्शनकारीहरुले ...   more »

View Article  आगोमा घिउ थप्ने माओवादी अभिव्यक्ति

Maoist againgsts the price hike 

सरकारले जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । नेपाली जनता यसअघि कहिल्यै मूल्य वृद्धि विरुद्ध आन्दोलित नहुने परम्परा रहेकोमा यो पटक परम्परा तोडिएको छ । हिजैदेखि मूल्य वृद्धिको विरोधमा अधिराज्यभर आन्दोलनको आगो दन्किएको छ । समयमै आन्दोलनलाइ सम्बोधन नगर्ने हो भने यो आगो सत्ताधारीहरुलाइ सल्काउन आइपुग्ने निश्चित छ । यसै प्रसंगमा हिजै सबै राजनीतिक शक्तिले मूल्य वृद्धिको विरोध गरेका छन । त्यसमा पनि व्रि्रोही माओवादीको आवाज अझ बलियो छ । उसको विज्ञप्तिले आगोमा घिउ थप्ने काम गरेको छ । माओवादीका भातृ संगठनहरुले पनि विज्ञप्ति जारी गरेका थिए, तर यहां हेरौं, माओवादी ...   more »

View Article  घेराउमा पर्न थाले प्रधानमन्त्री

लोकतन्त्र प्राप्तिपछि पनि मुलुकका जनतासामु दुख र पीडा कायमै छ । गिरिजाप्रसाद कोइरालासंगै लोकतन्त्रका लागि लडेकाहरु अहिले पनि सडकमा छन । उनी सत्तामा पुगेपछि सडकमा रहेकालाइ बिर्सेको अनुभुति भइरहेको छ । यही कारण त होला किसानहरुले आरामका निम्ति आफनो गृह नगर पुगेका कोइरालालाइ घेराउ गरेको ।

स्वससेका अनुसार, विराटनगर स्थित कृषि सामग्री संस्थानको गोदाममा राखिएको रासायनिक मल वितरणको माग गर्दै मंगलबार मोरङका किसानहरुले विराटनगरस्थित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निवास घेराउ गरेका छन् ।

प्रधानमन्त्री कोइराला आरामका लागि गृहनगर आएको समय पारी किसानहरुले तत्काल मल वितरण गर्न माग गर्दै कोइराला निवास घेराउ गरेका हुन् ।

कृषि सामग्री संस्थानले २ हजार ३ सय ...   more »

View Article  'जनहत्या'का रणनीतिकार सैनिक प्रमुख हटाउ

New army chief criticised

नेपाली सेनाका कामु प्रधानसेनापतिमा रुक्माङत कटवालको नियुक्तिसंगै उनको चर्को विरोध हुन थालेको छ । यो स्वभाविक थियो र छ । अब कटवालको नियुक्तिमात्र होइन, लोकतान्त्रिक भनाउदो सरकारले पछिल्लो समयमा गरेका सबै नियुक्तिहरुबारे सार्वजनिक वहस हुनु जरुरी छ ।

शाही सत्ताका बेला सचिव हुन लोकमानसिंह कार्कीको चाकडी गर्ने र लाइन मिलाएर बस्ने डा. भोजराज घिमिरेलाइ कामु मुख्यसचिव बनाउनु त्रुटीपूर्ण थियो, यस्तै त्रुटीहरु हरेक नियुक्तिमा भइरहेको छ । भोजराजले अर्थ सचिव हुंदा गरेका सरुवा निक्कै विवादास्पद भएको बेला उनलाइ मुख्यसचिव बनाउनु दुर्भाग्यपूर्ण हो ।

यहां भने कटवालकै चर्चा गरौं । कामु प्रधानसेनापति रुक्मांगत कटवालले राजाको हुकुमी प्रमांगीबाट जन्म ...   more »

View Article  काग्रेस एकीकरणः हण्डी र भ्रष्टाचार

Why Congress unifications ?

नेपाली राजनीति अहिले नेपाली काग्रेस एकीकरणको मुद्धाले तातेको छ । सतहमा जतिसुकै चर्का बहस र छलफल भए पनि दुइ टाउको मिल्नासाथ काग्रेस एकीकरण हुनेमा शंका उपशंका गर्नु व्यर्थ छ । गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको लडाइले काग्रेस विभाजित भएको हो, यी दुइ टाउको मिल्नासाथ काग्रेस पनि मिलिहाल्छ । खासगरी देउवाको दरबार, प्रधानमन्त्रीको कुर्सी र सेना मोहले गर्दा २०५९ मा काग्रेस फुटेको थियो ।

अहिले काग्रेस मिलनमा पनि यीनै तत्वले काम गर्ने पक्का छ ।

फरक यतिमात्र छ कि फुटदा शेरबहादुर प्रधानमन्त्री दिए, जुटने अभ्यास भइरहदा गिरिजाप्रसाद प्रधानमन्त्री छन । र, मुलुकको राजनीतिक परिस्थिति फेरिएको छ । ...   more »

This Month
August 2006
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4 5
6 7 8 9 10 11 12
13 14 15 16 17 18 19
20 21 22 23 24 25 26
27 28 29 30 31
Year Archive