Rajdhani management Missbehaves to journalists

तपाईलाइ आर्श्चर्य लाग्न सक्छ, नेपालको पत्रिका र त्यसका प्रकाशकको शैली देखेर । हो यहां त्यसको एउटा उदाहरण समेटिएको छ । यसबारे धारणा बनाउने काम तपाइ स्वयमको हो । एक वर्ष भन्दा बढी पत्रकारहरुलाइ तलब नदिर्इ काम लगाउने, श्रम शोषण गर्ने र प्रजातन्त्रको कू हंुदा पनि त्यसको स्वागत गर्ने राजधानी दैनिकबारे आज श्रमजीवी पत्रकार संघर्ष समितिले जारी गरेको विज्ञप्तिले तपाइ नेपालको पत्रिका र पत्रकारको हालत थाहा पाउन सक्नु हुन्छ । समितिले जारी गरेको विज्ञप्ति जस्ताको तस्तैः

राजधानीमा तालाबन्दी, भिजिलान्तेद्धारा दुव्र्यवहार

श्रमजीवी पत्रकार संघर्ष समितिले आज बिहान ११.०० बजे राजधानी दैनिकको कार्यालय चाबहिलमा अनिश्चितकालिन तालाबन्दी गरेको छ ।

१४ असारमा राजधानी दैनिकको व्यवस्थापन पक्ष र श्रमजीवी पत्रकार संघर्ष समितिबीच भएको चार बुंदे सहमति तोकिएको समयभित्र पूरा नगरी कार्यान्वयनका लागि पटक पटक आग्रह गर्दा पनि वेवास्था गरेकाले वाध्य भएर समितिले तालाबन्दी गरेको हो । १४ असारमा राजधानी व्यवस्थापनले असार अन्तिम साताभित्र १९ माघपछि राजनीतिक कारणले हटाइएका चार पत्रकारको पुनर्वहाली गर्ने, साउन पहिलो साताभित्र बांकी पारिश्रमिक भुक्तानी गर्ने र १ साउनदेखि श्रमजीवी पत्रकार ऐन लागू गर्ने लिखित सहमति गरेको थियो ।

तालाबन्दीको सूचना एक साताअघि नै पत्रिका व्यवस्थापनलाइ गराइएको थियो । निर्धारित कार्यक्रम अनुसार तालाबन्दी गरी फर्कन लागेका श्रमजीवी पत्रकारहरुमाथि राजधानी दैनिकको व्यवस्थापनद्धारा संरक्षित गुण्डाहरुले हातपात गर्नुका साथै ताला समेत तोडेका छन । हाम्रो समितिले श्रमजीवी पत्रकारसंग गरेको सहमति कार्यान्वयनमा ल्याउनुको साटो श्रमजीवी पत्रकारमाथि गुण्डा परिचालन गरी दुव्र्यवहार गराउने र श्रमजीवीले लगाएको ताला गुण्डाहरुद्धारा खुलाउने राजधानी दैनिक व्यवस्थापनको चुत्थो शैलीप्रति घोर निन्दा र भत्र्सना गरिन्छ ।

समिति सहमति कार्यान्वयन र श्रमजीवी पत्रकारमाथि भएको दुव्र्यवहारका विरुद्ध राजधानी दैनिकको प्रकाशन बन्द कार्यक्रम तय गर्न वाध्य बनाइएको ठहर गर्दै छिट्टै उच्च स्तरको कार्यक्रम घोषणा गर्ने तयारीमा रहेको जानकारी पनि गराइन्छ । हाम्रो आन्दोलन अब पत्रकारमात्र नभइ समग्र टेड यूनियनहरुसँग एकीकृत रुपमा हुनेछ । यी सबैबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी राजधानी व्यवस्थापन हुनेछ ।

पूर्व घोषित आन्दोलनको कार्यक्रम अनुसार आज बिहान समितिले राजधानी दैनिकको केन्द्रीय कार्यालयको मुल गेटमा तालाबन्दी गरेको थियो । तालाबन्दी कार्यक्रमका अवसरमा भएको सभामा माओवादी सम्बद्ध अखिल नेपाल टेड यूनियन महासंघ -क्रान्तिकारी)का उपाध्यक्ष बद्री बजगाइ, प्रजातान्त्रिक काग्रेस सम्बद्ध टेड यूनियनका आश्विनी दाहाल, प्रिmडम फोरमका महासचिव प्रदीप घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्धय रमेश विष्ट, नारायण अमृतलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले ऐक्यवद्धता जनाउनुभएको थियो ।