Hated discriminations
मुलुकमा छुवाछुतको अन्त्य भैसकेको छ । जातिय स्वायत्तताको कुरा उठिरहेको छ । राज्यले कथित दलित जातिको संरक्षणको विशेष व्यवस्था गरेको छ ।
तर राजधानीका ठूलाठूला महलमा बसेर जस्तो सुकै नीति नियम बनाए पनि मुलुकको विकट क्षेत्रमा भने स्थिति १८ औं शताब्दिकै छ । राजधानीमा बस्नेहरुको आंखा यस्ता घटनाहरुमा जाने गरेको छैन । यदी समाजको वास्तविक तस्वीर थाहा पाउने हो भने धनगढीबाट पठाएर स्वतन्त्र समाचार सेवामा छापिएको यो समाचार हेरौं । म यसलाइ जातका नाममा भएको जघन्य अपराध ठान्दछु । समाचार जस्ताको तस्तैः
सार्वजनिक धारा छोएको निहुंमा महिलाको कुटपिटबाट दुइ दलित महिला घाइते भएका छन । गेटा-३ अत्तरिया ... more »