One child, nine father !

विधवाबाट बच्चा जन्मियो । उनीसंग यौन प्यास मेटाउने ९ जना थिए, तर बच्चा कसको हो, ठम्याउनै गाह्रो पर्‍यो ।

यूरोप/अमेरिकातिर भए डीएनए परीक्षण गरिन्थ्यो तर कञ्चनपुरको पिपलाडी-६ असैनास्थित मुक्त कमैया शिविरमा बच्चाको बुवा ठम्याउने कुनै उपाय नै रहेन ।

शिविरकी ३२ वर्षीया चौधरी थरकी एक विधवाले बच्चा जन्माइन । ५ वर्षअघि श्रीमान गुमाइसकेकी फूलमतीले बच्चा जन्माएको खबरले शिविरभित्र हल्लीखल्ली मच्चियो । गाउंमा मध्यस्थता बैठक बस्यो तर बैठकले बच्चाको बाबु पत्ता लगाउन सकेन ।

गन्दै जांदा फूलमतीसंग नौ जनाले यौन प्यास मेटाएको पत्ता लाग्यो, अनि झन फसाद पर्‍यो-बच्चा आखिर कसको होला ?

मध्यस्थकर्ता गाउंलेसंग वैज्ञानिक प्रविधि थिएन । बच्चा ९ जनामध्ये कसै न कसैको अवश्य हो तर त्यो कसको हो ठम्याउनै सकिएन ।

लामो छलफलछि नौ मध्येका एक झलारी-५ नौखुरीस्थित मुक्त कमैया शिविरका २४ वर्षीय बुद्धिराम चौधरीले बच्चालाइ छोरा र फूलमतीलाइ श्रीमती मान्ने सहमति जनाएपछि विवाद केही साम्य भयो । अब कुरो उठयो- बांकी आठलाइ के गर्ने ? फेरि मध्यस्थकर्ताबीच छलफल भयो, बांकी आठलाइ प्रति व्यक्ति डेढ हजारका दरले जरिवाना गरेर बच्चाको स्याहारमा खर्च गर्ने ।

तत्कालका लागि परालको आगो झैं दन्केको आगो त साम्य भयो तर फेरि अर्को समस्या आइपर्‍यो । फूलमतीका २ छोरा र ३ छोरी गरी यसअघि नै ५ सन्तान छन, तिनीहरुको के हुने ? मध्यस्थकर्ताले पनि राय दिन सकेनन । बांकीका ५ सन्तानलाइ पनि बुद्धिरामकै जिम्मा लगाउने हो भने अन्याय हुन्छ । बुद्धिरामले आमा र नवजात शिशुलाइ मात्र जिम्मा लिने हो भने ती बालबालिकाको जीवन अन्योलमा हुन्छ । अब तिनीहरुको भविष्य के हुने, यसमाथि भने निर्णय हुन बांकी छ ।

–महेन्द्रनगरबाट कर्ण बोहरा