Why Congress unifications ?

नेपाली राजनीति अहिले नेपाली काग्रेस एकीकरणको मुद्धाले तातेको छ । सतहमा जतिसुकै चर्का बहस र छलफल भए पनि दुइ टाउको मिल्नासाथ काग्रेस एकीकरण हुनेमा शंका उपशंका गर्नु व्यर्थ छ । गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको लडाइले काग्रेस विभाजित भएको हो, यी दुइ टाउको मिल्नासाथ काग्रेस पनि मिलिहाल्छ । खासगरी देउवाको दरबार, प्रधानमन्त्रीको कुर्सी र सेना मोहले गर्दा २०५९ मा काग्रेस फुटेको थियो ।
अहिले काग्रेस मिलनमा पनि यीनै तत्वले काम गर्ने पक्का छ ।
फरक यतिमात्र छ कि फुटदा शेरबहादुर प्रधानमन्त्री दिए, जुटने अभ्यास भइरहदा गिरिजाप्रसाद प्रधानमन्त्री छन । र, मुलुकको राजनीतिक परिस्थिति फेरिएको छ । ... more »