Why Congress unifications ?

नेपाली राजनीति अहिले नेपाली काग्रेस एकीकरणको मुद्धाले तातेको छ । सतहमा जतिसुकै चर्का बहस र छलफल भए पनि दुइ टाउको मिल्नासाथ काग्रेस एकीकरण हुनेमा शंका उपशंका गर्नु व्यर्थ छ । गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको लडाइले काग्रेस विभाजित भएको हो, यी दुइ टाउको मिल्नासाथ काग्रेस पनि मिलिहाल्छ । खासगरी देउवाको दरबार, प्रधानमन्त्रीको कुर्सी र सेना मोहले गर्दा २०५९ मा काग्रेस फुटेको थियो ।

अहिले काग्रेस मिलनमा पनि यीनै तत्वले काम गर्ने पक्का छ ।

फरक यतिमात्र छ कि फुटदा शेरबहादुर प्रधानमन्त्री दिए, जुटने अभ्यास भइरहदा गिरिजाप्रसाद प्रधानमन्त्री छन । र, मुलुकको राजनीतिक परिस्थिति फेरिएको छ । यसैको सेरोफेरोमा काग्रेस एकीकरणको प्रयास भइरहेको हो । र, त्यसमा सेरेमोनियल राजा राख्न चाहने गिरिजाप्रसादको चाहना मूल कारण रहेको छ । दुइ काग्रेस मिल्ने र दरबारिया शक्तिलाइ पनि आफूतिरै आकर्षि गरी गिरिजा सेरेमोनियल किङको पक्षमा माहौल खडा गर्दैछन । विगतमा दरबारको निरंकुशता मान्न या दरबारको खेलौना बन्न देउवा तयार थिए भने अहिले गिरिजा राजा जोगाउन तयार देखिएका छन ।

हिजो विराटनगर पुगेर कोइरालाले दसैअघि नै काग्रेस मिल्ने कुरा गरेका छन । यसले एकीकरणका पक्कै केही पाकिसकेको प्रतित गराउछ । यो बीचमा एकीकरणबारे देउवाको मौनता भने रहस्यपूर्ण छ । सायद उनी एकीकरणको चर्को दवावमा परेका छन । र, यो एकीकरणले काग्रेसभित्र नरहरी आचार्यदेखि प्रदीप गिरीसम्मको आवाजलाइ माटोमा मिलाउने छ र राजावादीहरुको हुलको प्रभुत्व एकीकृत काग्रेसमा रहनेछ ।

एकीकरण प्रसंग संगै विगतमा भ्रष्टाचारमा डामिएकाहरु सक्रिय देखिएका छन । देउवातिरबाट चिरंजिवी वाग्ले, विजयकुमार गच्छदार र मूल काग्रेसतिरबाट खुमबहादुर या गोविन्दराजहरु एकीकरणमा मरिमेटेर लाग्नु अनौठो हुने छैन । यसले काग्रेस नसुघ्रने र भ्रष्टहरुनै यस पार्टीमा रहने निश्चित छ । यसर्थ एकीकृत काग्रेससंग आशा राख्नु बेकार छ ।

कुनै छलफल र तल्लो तहका कार्यकर्ताको भावना नबुझी एकीकरण प्रयास हुनु अर्को आश्चर्यको विषय हो । वास्तवमा काग्रेस एकीकरण त गाउंगाउंबाट हुनु पर्ने हो । काग्रेसलाइ समावेशी बनाउने अभ्यास हुनु पर्ने हो । तर, फेरि त्यसो नभइ परिवारवादनै एकीकृत काग्रेसमा हावी हुने देखिएको छ । दरबार शाहहरुको थियो भने काग्रेस कोइरालाहरुको बनाउने खेल भइरहेको छ । तल्लो तहका कार्यकर्तालाइ उपेक्षा गरेर अब पार्टी संचालन हुने दिवास्वप्त पाल्नु महाभूल हुनेछ ।

काग्रेस एकीकरणमा म अन्तिममा एउटा रोचक पक्ष समेटन खोज्दैछु । क्रषि धमला कसैले नसुनेको नाम होइन । उनी भारतीय एजेन्टका रुपमा काम गरिरहेका छन र भारतकै सहयोगमा रिपोर्टस क्लब नामक दोकान चलाउछन, अझ अहिले नेपालमा गैरकानूनी रुपमा संचालित भारतीयको नेपाल वानमा उनी काम गर्छन । आज उनको दोकानमा चिरन्जिवी वाग्ले देखिएका थिए, एकीकरणको भाषण दिन । धमला विगतमा कमल थापा, श्रीषसम्सेर र रमेशनाथ पाण्डेको हण्डी खाने पात्र हुन, अहिले भने उनी सुजाता, शेखर कोइरालादेखि कृष्ण सिटौलासम्मका अति प्रिय र हण्डीवाला भइसकेका छन । यी पात्रहरु पनि आन्दोलनमा लागेका पत्रकार भन्दा यीनै विगतका कण्डीवालालाइ नै मन पराउछन । आज चिरन्जिवीलाइ उनले एकीकरणबारे बोल्न मञ्च दिए । यसले के देखाउछ भने काग्रेस एकीकरणमा भ्रष्ट र हण्डीवालाहरुको सरोकार नै बढी छ र एकीकरण हण्डीवाला र भ्रंष्टहरुलाइ जोडने अचुक अस्त पनि हो ।