View Article  घेराउमा पर्न थाले प्रधानमन्त्री

लोकतन्त्र प्राप्तिपछि पनि मुलुकका जनतासामु दुख र पीडा कायमै छ । गिरिजाप्रसाद कोइरालासंगै लोकतन्त्रका लागि लडेकाहरु अहिले पनि सडकमा छन । उनी सत्तामा पुगेपछि सडकमा रहेकालाइ बिर्सेको अनुभुति भइरहेको छ । यही कारण त होला किसानहरुले आरामका निम्ति आफनो गृह नगर पुगेका कोइरालालाइ घेराउ गरेको ।

स्वससेका अनुसार, विराटनगर स्थित कृषि सामग्री संस्थानको गोदाममा राखिएको रासायनिक मल वितरणको माग गर्दै मंगलबार मोरङका किसानहरुले विराटनगरस्थित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निवास घेराउ गरेका छन् ।

प्रधानमन्त्री कोइराला आरामका लागि गृहनगर आएको समय पारी किसानहरुले तत्काल मल वितरण गर्न माग गर्दै कोइराला निवास घेराउ गरेका हुन् ।

कृषि सामग्री संस्थानले २ हजार ३ सय ...   more »

View Article  'जनहत्या'का रणनीतिकार सैनिक प्रमुख हटाउ

New army chief criticised

नेपाली सेनाका कामु प्रधानसेनापतिमा रुक्माङत कटवालको नियुक्तिसंगै उनको चर्को विरोध हुन थालेको छ । यो स्वभाविक थियो र छ । अब कटवालको नियुक्तिमात्र होइन, लोकतान्त्रिक भनाउदो सरकारले पछिल्लो समयमा गरेका सबै नियुक्तिहरुबारे सार्वजनिक वहस हुनु जरुरी छ ।

शाही सत्ताका बेला सचिव हुन लोकमानसिंह कार्कीको चाकडी गर्ने र लाइन मिलाएर बस्ने डा. भोजराज घिमिरेलाइ कामु मुख्यसचिव बनाउनु त्रुटीपूर्ण थियो, यस्तै त्रुटीहरु हरेक नियुक्तिमा भइरहेको छ । भोजराजले अर्थ सचिव हुंदा गरेका सरुवा निक्कै विवादास्पद भएको बेला उनलाइ मुख्यसचिव बनाउनु दुर्भाग्यपूर्ण हो ।

यहां भने कटवालकै चर्चा गरौं । कामु प्रधानसेनापति रुक्मांगत कटवालले राजाको हुकुमी प्रमांगीबाट जन्म ...   more »

This Month
August 2006
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4 5
6 7 8 9 10 11 12
13 14 15 16 17 18 19
20 21 22 23 24 25 26
27 28 29 30 31
Year Archive