Maoist againgsts the price hike 

सरकारले जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । नेपाली जनता यसअघि कहिल्यै मूल्य वृद्धि विरुद्ध आन्दोलित नहुने परम्परा रहेकोमा यो पटक परम्परा तोडिएको छ । हिजैदेखि मूल्य वृद्धिको विरोधमा अधिराज्यभर आन्दोलनको आगो दन्किएको छ । समयमै आन्दोलनलाइ सम्बोधन नगर्ने हो भने यो आगो सत्ताधारीहरुलाइ सल्काउन आइपुग्ने निश्चित छ । यसै प्रसंगमा हिजै सबै राजनीतिक शक्तिले मूल्य वृद्धिको विरोध गरेका छन । त्यसमा पनि व्रि्रोही माओवादीको आवाज अझ बलियो छ । उसको विज्ञप्तिले आगोमा घिउ थप्ने काम गरेको छ । माओवादीका भातृ संगठनहरुले पनि विज्ञप्ति जारी गरेका थिए, तर यहां हेरौं, माओवादी प्रवक्ता कृष्णबहादुर महराले हिजो जारी गरेको विज्ञप्ति । आजका आन्दोलनका घटना केही समयपछि अपडेट गरिनेछ । विज्ञप्तिको पूर्ण पाठः

हालै नेपाल सरकारले पेट्रोलियम पदार्थको चर्को मूल्य बृद्धि गरेर नेपाली जनतालाई गम्भीर रुपले आहत पुर्‍याउने काम गरेको छ । विगतकालमा निरंकुश सामन्ती राजतन्त्रात्मक राज्यप्रणालीका कारणले मूल्य बृद्धिको चर्को मार भोग्दै आइरहेको नेपाली जनतामाथि जनआन्दोलनपश्चात गठित सात संसदवादी पार्टीहरुको सरकारले मूल्य बृद्धिलाई नियन्त्रण गरी जनतालाइ राहत दिनुको सट्टा उल्टो यो सरकारले पनि पेट्रोलियम पदार्थहरुमा चर्को मूल्य बृद्धि गराएर जसरी आहत पुर्‍याएको छ, त्यसको हाम्रो पार्टी घोर विरोध गर्दछ र मूल्य बृद्धि गर्ने उक्त सरकारी निणर्य तुरुन्तै फिर्ता लिन हामी जोडदार रुपमा आह्वान गर्दछौं । अन्यथा यसबाट पैदा हुनसक्ने कुनै पनि दुश्परिणामको जवाफदेही यही सरकार हुनेछ ।

मूल्य बृद्धिको विरोधमा यतिखेर जनता सडकमा स्वतःस्फूर्त रुपले उत्रिएका छन । जनताको यसप्रकारको स्वतःस्फूर्त आन्दोलनप्रति हाम्रो पार्टी दृढतापूर्वक समर्थन गर्दछ ।

जनताले शान्तिपूर्ण विरोध गर्न पाउनु जनताको नैसर्गिक हक र अधिकार हो तर सरकार आन्दोलनकारीमाथि कतिपय स्थानहरुमा असहिष्णुतापूर्वक अश्रु ग्या"स हान्ने, लाटी चार्ज गर्ने र दमन धरपकड गरेर स्थितिलाई उत्तेजनात्मक बनाउदैछ । अतः सरकार पक्ष्ँबाट ती गतिविधि अविलम्व रोकिनुपर्दछ ।

साथै स्वतःस्फूर्त आन्दोलनको दौरानमा कतिपय दरवारिया प्रतिगामी तत्वहरुले त्यसबाट नाजायज फाइदा उठाएर स्ििथतिलाइ उत्तेजनात्मक बन्न नदिन पनि उत्तिकै सतर्कता अपनाउन आवश्यक छ । यसै सन्दर्भमा भदौ ३ गते अपरान्ह एमालेका महासचिव माधवकुमार नेपालको कोटेश्वरस्थित घरमा एक समूहले उत्तेजनात्मक रुपले जसरी ढंुगामुढा र तोडफोड गरेर खेदजनक घटना पनि घटाएका छन । त्यसप्रकारका उत्तेजनात्मक गतिविधिबाट सतर्क र संयम हुदै शान्तिपूर्ण आन्दनेलन संचालन गर्न हाम्रो पार्टर्ीीम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अनुरोध गर्दछ ।