Petro hike demonstrations continues 2nd day

पेट्रोलियम पदार्थमा भएको भारी मूल्य वृद्धि विरुद्ध दोस्रो दिन पनि मुलुकभर आन्दोलन उठेको छ । आन्दोलनको दवावमा परेर गृह नगर विराटनगरबाट राजधानी आउन लागेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले 'मूल्य समायोजन हुने' आश्वासन दिएका छन । जनताको आक्रोस थेग्न सरकारलाइ हम्मेहम्मे परिरहेको छ, उद्योग मन्त्री हृदयेश त्रिपाठीले पनि आइतबार सांझसम्म मूल्य घटाइने वचन दिएका छन, आन्दोलनको दवाव हेर्दा मूल्य नघटाइ राज्यले सुखै नपाउने देखिएको छ ।

राजधानीका विभिन्न स्थानमा दोस्रो दिन आइतबार भएको प्रदर्शनका दृश्यहरु यहां समावेश गरिएको छ । तस्विरहरु हिमाल खबर र नेपाल न्यूज डट कमबाट लिइएको हो ।

मूल्य वृद्धिको आक्रोश पोख्न प्रदर्शनकारीहरुले बबरमहलस्थित नेपाल आयल निगममा आक्रमणको प्रयास गर्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा केही घाइते भएको बुझिएको छ । यद्यपी निगमको आक्रमण प्रयास भने सफल हुन पाएन । यस्तै कालिमाटीमा पनि झडप भएको छ ।

प्रदर्शनकारीले ठाउंठाउंमा यातायातका साधन जलाइदिएका छन भने दृश्यमा देखाइएको -सातदोबाटो) लगायतका स्थानमा पेट्रोल पम्प जलाएका छन । सडक पुरै अवरुद्ध पारिएकाले यातायातका साधन चलेका छैनन ।

मुल्यवृद्धिको विरोधमा दोस्रो दिन पनि विहानैदेखि राजधानी काठमाडौं उपत्यकामा यातायात ठप्प रहृयो । काठमाडौं, ललितपुर, भक्तपुरका सबैजसो प्रमुख रोडहरूमा टायर बालेर आवागमन अवरूद्ध पारिएको छ।
आज बिहानै देखि राजधानीका सबैजसो क्षेत्रमा सडकमा टायर बाली सवारी आवागमन अवरुद्ध पारिएको छ। प्रर्दशनकारीले कुपण्डोलमा एक मोटरसाईकल जलाईदिएका छन्। राजधानीको रिङरोड क्षेत्रका कलङ्की, सातदोबाटो, चावहिल क्षेत्रमा बिहानै देखि टायर बालेर विरोध प्रर्दशन गरिएका छन्। रिङरोड भित्रका बानेश्वर, मैतीदेवी, कुपण्डोल, कालिमाटी, पुल्चोक, लगनखेल, पुतलीसडक लगायतका क्षेत्रमा प्रर्दशनकारीहरुले मोटरसाईकल आवागमनमा समेत अवरोध पुर्याएकाछन।

यातायातका साधनसंगै बजारका पसलहरु समेत बन्द गरिएकाछन। प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरेको छैन्। सातदोबाटोमा भने सडकमा रुखको मुढासंगै टायरबाल्न लागेका प्रर्दशनकारीलाई स्थानीय वासीन्दाले टायर नबाल्न अनुरोध गरेकाछन।

प्रर्दशनकारी र स्थानीय वीच केहिबेर बिवाद भएपछि टायर नबाल्ने सहमती भएको छ। स्थानीयवासीले बृद्ध, बिरामी र नवजात शिशुलाई टायरको धुँवाले असर पार्ने भएकाले नबाल्न प्रर्दशनकारीलाई अनुरोध गरेका थिए।