People plans to protest infront of Army headquater
रक्षासचिव विष्णुदत्त उप्रेतीले भैरवनाथ गणबाट बेपत्ता पारिएका ४९ माओवादी बन्दीका बारेमा १५ दिनभित्र यथार्थ जानकारी दिने बताउनुभएको छ ।
प्रतिनिधिसभा परराष्ट तथा मानवअधिकार समितिको मंगलबार बिहान बसेको बैठकमा रक्षासचिव उप्रेतीले ४९ माओवादी बन्दीका सम्बन्धमा यथार्थ जानकारी दिन नसके सेना सरकारको मातहतमा नभएको प्रष्ट हुने समेत बताउनुभयो ।
संयुक्त राष्ट संघ मानवअधिकार उच्चायोगले केही समयअघि भैरवनाथ गणमा थुनिएका ४९ माओवादी बन्दीलाई सेनाले बेपत्ता पारेको प्रतिवेदन सार्वजनिक गरेपछि उनीहरूको बारेमा खोजी भइरहेको छ । माओवादीले भने सेनाले उनीहरूको हत्या गरेको दावी गर्दै आएको छ ।
यसैबीच माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु -क्रान्तिकारी) ले बेपत्ताहरूको ... more »