Not King's principal sec, grill to king 

पशुपति भक्त महर्जन भन्ने व्यक्ति राजाको निरंकुश शासनका मूल मतियार भएकोमा कसैको दुइमत रहेन । जनआन्दोलन दवाउन उनको सक्रिय भूमिका थियो । यद्यपी जनआन्दोलन यिनको मात्र बुताले दबाएको मान्न सकिन्न, २१ जना नागरिक मारिनु एवं ६ सय भन्दा बढी घाइते पारिनुमा सोझै राजा ज्ञानेन्द्रको क्रूर मनसायले काम गरेको छ । तसर्थ अब राजा ज्ञानेन्द्रलाइ नागरिक आयोगको कठघरामा उभ्याउन ढिला गर्नु हुन्न ।

जनआन्दोलनमा भएको दमन लगायतका विषयमा छानवीन गर्न गठित उच्चस्तरिय जाँचवुझ आयोगले राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जनसँग आज बयान लियो। विहान ११ बजे आयोगको कार्यालयमा पसेका महर्जन दिउँसो करिव पौने २ बजे निस्किएका थिए।

"तपाईसँग केही कुरा बुझ्नु छ, भनेर अयोगले बोलाएकोले आएको हुँ, बाँकी के-के कुरा हुन्छ फर्किदा भनुँला", भन्दै अयोग छिरेका राजदरवारका प्रमुख सचिव महर्जन निस्किए पछि भने हात जोड्दै, "तपाईहरुलाई कुराएँ, माफ पाउँ। मैले भनेको कुरा आयोगलाई सोध्नोस है१" भनेर कुनै जवाफ नदिई गाडीमा हुर्इँकिए।

अयोगका अध्यक्ष कृष्णजंग रायमाझीले जनआन्दोलनमा राजाका प्रमुख सचिवको भूमिकाको बारेमा प्रश्न गरिएको जानकारी दिए। "अयोगले उहाँसँग बुझ्नु पर्ने देख्यो, बुझ्यो", अध्यक्ष रायमाझीले भने, "उहाँले राजाको शासनकालमा श्री ५ र अन्य सरकारी वा संवैधानिक निकायबीच संविधान र कानून अनुसार, पुलको काम मात्र गरेको जवाफ दिनु भयो।" तर, प्रमुख सचिव महर्जनसँग अयोगले अरू के-के कुरा सोध्यो र उनले के जवाफ दियो त्यसबारे अध्यक्ष रायमाझीले थप बताएनन्। उनले भने, "उहाँको जवाफबाट हामी सन्तुष्ट भयौ-भएनौ भन्ने लगायतका सबै कुरा तपाईहरुले पछि थाहाँ पाईहाल्नु हुन्छ।"