Army not responisble for april atrocities !

नेपालको इतिहासमा नयां रेकर्ड थपिएको छ, हिजोदेखि । जनआन्दोलन-२ मा भएको दमनको छानविन गरी कारवाहीका लागि सिफारिस गर्न गठन भएको आयोगमा बर्दिधारी नेपाली सेना वयान दिन वाध्य भएको छ । हिजो जनआन्दोलन दमनका प्रमुख नाइकेमध्येका एक मानिएका प्याराजंग थापा पांच घण्टा वयान दिन वाध्य भए । उनले दमनको जिम्मेवारीबाट उम्कन खोजे पनि इतिहासले त्यसको सत्यतथ्य बाहिर ल्याउने नै छ । यद्यपी सैनिक पोशाकमा सजिएर गएका उनी नागरिकसामु वयान दिन वाध्य भए । सेनाले नागरिकका सामु शिर झुकाएर वयान दिएको नेपाली इतिहासमै पहिलो पटक हो । जतिसुकै उम्कने प्रयास गरे पनि नेपाली जनताले प्याराजंग थापाहरुलाइ एक न एक दिन सजाय दिनेनै छन ।

यस्तै प्याराजंग भन्दा लगत्तैको पदमा रहेका भयानक षडयन्त्रकारी जर्नेल पनि आयोग गएका छन, आज । उनी वास्तवमै राजाको निरंकुशसत्ता ल्याउन र त्यसलाइ निरन्तरता दिन सैनिक रणनीति बनाउने अभियुक्त थिए । जनआन्दोलनमा भएको दमन लगायतका विषयमा छानवीन गर्न गठित अयोगमा बयान दिन गएको बेला नेपाली सेनाका दोश्रो उच्चअधिकृत बलाधिकृत रथी रूकमाङ्गत कटुवालको सामुन्ने जनआन्दोलनका घाइतेहरूले सेनाको बिरूद्धमा नारावाजी गरेका थिए ।

रथी कटुवाल बयान दिएर निस्किएपछि अयोग परिसरमा भेला भएका केही घाईतेहरुले प्रधानसेनापति र सैनिक अधिकारीहरु विरूद्ध नारावाजी गरेका थिए। त्यस विषयमा प्रतिक्रिया माग्दा उनले अग्रेजीमा भने, "अभिव्यक्ति स्वतन्त्रताको युग हो। यस्तो भैरहन्छ।" त्यसपछि पत्रकारहरूले ुयस्तो अभिव्यक्ति स्वतन्त्रताको पक्षपाति भए १९ माघपछि सेना किन मिडियाहरुमा पुगेको थियोु भनेर सोधेपछि ुनो कमेन्टु भन्दै पन्छिए।

राजाले संविधानले दिएको अधिकार प्रयोग गरेको बताउँदै रथी कटुवालले निरंकुशताको निम्ति राजालाई सल्लाह-सुझाव दिने वा उक्साउने आफ्नो हैसियत नभएको दाबी गरे। ुसंविधानमा राजा अध्यक्ष हुने व्यवस्था छ र१ु भन्ने प्रतिप्रश्नमा भने उनले प्रतिक्रिया दिएनन्। जनआन्दोलनमा क्षति भएकोमा दुख लागेको बताउँदै उनले त्यसबेला सेनाको भूमिकाको बारेमा ुप्रधानसेनापतिको भनाई नै सेनाको भनाई हुन्छु भन्दै कुनै टिप्पणी गरेनन्।