PM in criticisms

हुन त नेपालको प्रधानमन्त्रीको दिमाग ब्रि्रेको कुनै प्रमाण दिन सकिन्न । स्वास्थ्य ठीक नभए पनि प्रधानमन्त्री हुन मिल्दो रहेछ, तर नेपालमा सांसद, मन्त्री र प्रधानमन्त्री हुन मगर ब्रि्रेको हुनुहुन्न भन्ने संवैधानिक व्यवस्था नै छ । यो हिसाबले पनि मगज ब्रि्रेको व्यक्तिलाइ सात दल र माओवादी समेतले प्रधानमन्त्री स्वीकारेनन होला ।

८४ वर्ष पुगेका गिरिजाप्रसाद कोइरालाले राजनीतिमा राजालाइ पनि स्थान दिनुपर्छ भनी सार्वजनिक भएको अभिव्यक्तिले चाहिं गिरिजाको वुद्धि ब्रि्रेको हो कि दिमाग भन्ने प्रश्न टडकारो भएको छ । दिमागै ब्रि्रेको व्यक्ति प्रधानमन्त्री हुन नमिल्ने संसारकै नियम रहेकाले उनको वुद्धि ब्रि्रेको ठान्नु उचित होला । हिजो व्यापारीहरुको साझा संस्था उद्योग वाणिज्य महासंघका पदाधिकारीसंगको भेटमा कोइरालाले मुलुकमा निरासा आउन नदिन राजनीतिमा राजालाइ स्थान दिनुपर्ने भनाइ राखेका छन । यो भनाइमा छलकपट र षडयन्त्र त देखिन्छ नै, यतिमात्र नभएर मुलुकको राजनीति बिगार्न खोजेको पनि देखिन्छ ।

१९ दिनसम्म भएको जनआन्दोलनको भावना राजा विरोधी थियो, त्यही भावनाको आधारमा नेपाली जनता सडकमा उत्रेका हुन । तसर्थ गिरिजा जनताको भावना विपरित बोलिरहेका छन । उनी सत्तामा पुग्नासाथ जनताको कित्ता छोडिदिन्छन, यो पुरानै रोग हो । यस पटक पनि उनी जनताको कित्ता छोडेर निरंकुश र बदनाम राजा ज्ञानेन्द्रको कित्तामा उभिएको देखिदैछ ।

उनको यो शैलीले जनताको चाहना बमोजिम भइरहेको सरकार र माओवादीबीचको शान्तिवार्ता पनि भांडिने खतरा देखिदैछ । आज बसेको मन्त्रीपरिषदकै बैठकमा पनि उनको अभिव्यक्तिको आलोचना भएको छ । मन्त्रीहरुले गिरिजाले हिजो दिएको अभिव्यक्ति निजी हो, सरकारको होइन भनेर सरकारलाइ बदनाम हुनबाट जोगाउन खोजेका छन ।

उसो त माओवादी नेता डा. बाबुराम भट्टराइले पनि गिरिजाको अभिव्यक्तिले चलिरहेको शान्तिवार्ता भाडिने खतरा देखिएको जनाएका छन । उनले माओवादी शान्तिवार्ता भाडिए पनि हतियार बोकेर फेरि जंगल नजाने र शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी दिएका छन । जसले राजा ज्ञानेन्द्र र राजाको पक्षमा रहेकाहरु बढारिने भविश्यवाणी गरिदिएका छन । यो पनि माओवादीको धम्कीमात्र हो या के बुझन सकिएको छैन । सत्य त भविश्यमा थाहै होला ।

यद्यपी गिरिजाले राजाको पक्षमा यो दोस्रो पटक वकालत गरेका हुन । उनले असार महिनामै आफनो गृहनगर विराटनगर पुगेर पनि सेरेमोनियल राजाको पक्षमा वकालत गरेका थिए ।

संविधान सभाबाट राजतन्त्रको किनारा लगाउने कुरा चलिरहेको छ । जनताले नै राजा राख्ने या नराख्ने निर्णय गर्ने स्थिति छ । जनताको त्यो अधिकार खोसेर किन गिरिजा राजा राख्ने निर्णय सुनाउदै छन । उनी आफूले नेतृत्व गरेको नेपाली काग्रेसमा पनि पहिला आफू अभिव्यक्ति दिन्छन, अनिमात्र निर्णय गराउछन । राजाको स्थानबारे पनि उनले जनताको निर्णयमाथि धावा बोल्न खोजेका हुन कि भन्ने आशंका उत्पन्न भएको छ ।

-रामप्रसाद दाहाल