View Article  सेना र हतियारको विवेकपूर्ण व्यवस्थापन

Management of army and arms

प्रा.डा. विद्यावीरसिंह कंसाकार

विचार/Views

आन्तरिक सशस्त्र द्वन्दमा सरकारी र विरोधी पक्षका वीचमा सम्झौता हुँदा सेना र हतियारको व्यवस्थापन प्रंमुख र जटील समस्या रहेको छ । यसको निराकरण विरोधी पक्षको सेनालाई राष्ट्रिय सेनामा समावेश गरि गर्ने गरेको पाईन्छ । हालै आंगोलामा भएको आन्तरिक सशस्त्र द्वन्दमा सरकारी र विरोधी पक्षका वीचमा सम्झौता हुँदा यस प्रकृयालाइ अपनाईएको छ । नेपालको सन्दभर्मा २००७ सालको राणा सरकार र नेपाली काँग्रेसको वीचमा भारत सरकारको पहलमा दिल्लीमा शान्ति सम्झौता भएको थियो जसले गर्दा द्वन्दरत राणा सरकार र नेपाली काँगे्रसका सेनाहरुको विचमा हुनसक्ने व्यापक रक्तपात तथा धनजनको नोक्सानी वाट ...   more »

View Article  शोकमग्न मुलुक र डलर पचाउने कथित मिडिया प्रतिवेदन

Terrible accident and oppurtunists

देश शोकमा चुर्लुम्म डुबेको छ । हिजो दुइ वटा भयानक त्रासदीपूर्ण घटना भए । वनराज्य मन्त्री गोपाल राइसहितका देश विदेशका होनाहार २४ महानुभावहरु चढेको हेलिकोप्टर बेपत्ता भयो भने पुनस्थातिप प्रतिनिधि सभाका एक सांसदको गोली हानी हत्या गरियो । ताप्लेजुङबाट उडेको ५ मिनेटमै हराएको हेलिकोप्टर अहिलेसम्म भेटिएको छैन । केही मिनेटअघिमात्र मैले केही सुखद खबर छ कि भनेर खोजेको थिए । पर्यटन मन्त्रालयमा रहेका कान्तिपुर संवाददाता सुवोध गौतमले 'नयां खबर प्राप्त नभैसकेको' बताए । यसको मतलब हेलिकोप्टक कहां खसेको छ भन्नेसम्म पत्ता लागेको छैन । यत्रो लामो समयसम्म हेलिकोप्टर नै पत्ता नलागेपछि त्यसमा सवारहरु जीवित भेटिने सम्भावना ...   more »

View Article  सरकारले निरंकुश सेनालाई काखी च्याप्यो: पहाडी

Government favours autocrate army says HR activitist Pahari

जनभावनाविपरित राजतन्त्रलाई निरन्तरता दिए नेपालमा पनि थाइल्याण्डको जस्तै इतिहास दोहरिनसक्ने मानवअधिकारवादी नेता कृष्ण पहाडीले चेतावनी दिनुभएको छ ।

अहिले राष्ट्रिय सेनाको बहस चलिरहेको भए पनि सेनाको लोकतान्त्रिकरण हुन नसकेकाले ऊ अझै पनि राजाप्रति नै वफादार देखिएको उहांले बताउनुभयो । माओवादी र सरकार दुबै एकअर्काका प्रतिद्वन्द्वीको रूपमा प्रस्तुत भएको बताउँदै उहाँले माओवादीले हतियारमोह छाड्न नसकेको र सरकारले निरङ्कुश सेनालाई काखी च्यापेको आरोप लगाउनुभयो ।

अन्तर्रर्ााट्रय शान्ति दिवसको अवसरमा आयोजित शान्तिका लागि हतियार होइन, विचारको सर्वोच्चताविषयक कार्यक्रममा बोल्दै पहाडीले संविधासभाको निर्वाचन सफल हुन नदिन अहिले गोप्य कोठाहरूमा षडयन्त्र भइरहेको बताउनुभयो । पहाडीले बाह्रबुँदे ...   more »

View Article  लोकतन्त्र कू गर्ने रुकमाङगतको योजना !

Dangers of army coup in nepal !

थाइल्याण्डमा भएको सैनिक कू ले नेपाली राजनीतिमा नयां तरंग उत्पन्न भएको छ । विगतमा नेपालको प्रजातन्त्र कू हुंदा प्रत्यक्ष/अप्रत्यक्ष भूमिका खेल्ने नेपालको सेनाका कुनै फेरबदल नआएको अवस्थामा यस्तो तरंग पैदा हुनु स्वभाविक पनि हो । अझ लोकतान्त्रीक भनाउदो सरकारले जनआन्दोलन-२ मा जनतामाथि बर्बर दमन गर्ने र १९ माघको कू का भित्रि रणनीतिकार रुकमाङगत कटवाललाइ प्रधानसेनापति नियुक्त गरेपछि त यस्तो सम्भावना नरहने कुरै भएन । लोकतन्त्र हुंदा समेत सरकारसंग वार्गेनिङ गर्नेदेखि सरकार परिवर्तन गर्नेसम्मका खेलमा नेपालको निरंकुश चरित्रको सेना लागेको जगजाहेर नै छ । अझ सेनामा रुकमाङगतलाइ निक्कै राजनीतिक चरित्रका र परिआए सैनिक कू गरेर ...   more »

View Article  'अमेरिकी राजदूतलाई देश निकाला गर्नुपर्छ'

MP demands: US ambassador should punish

नेपालइन्फो टिप्पणी

भर्खरै लोकपि्रय सगरमाथा एफएम सुनिरहेको थिएं । उसले चलिरहेको प्रतिनिधि सभाको बैठकबारे एउटा समाचार प्रसारण गर्‍यो । समाचार निक्कै रोचक लाग्यो ।

हो, आजको प्रतिनिधि सभा बैठकमा विशेष समय लिंदै सांसद लिलामणी पोखरेलले अमेरिकी राजदूत जेम्सएफ मोरियार्टीलाइ सरकारले देश निकालाको निर्णय गर्नुपर्ने निक्कै चर्को माग गरेका छन । उनले भनेका छन-सेनाका व्यारेक-व्यारेक घुमेर मुलुकको आन्तरिम मामिलामा हस्तक्षेप गरिरहने हो भने मोरियार्टीलाई देश निकाला गर्नुपर्छ ।

पोखराल प्रतिनिधि सभामा सशक्त आवाज घन्काउने एक वाम सांसद हुन । उनी हरेक विषयमा सशक्त आवाज उठाउछन । वास्तवमै उनको यो प्रयासको प्रसंसा गर्नै पर्छ । तर, उनी ...   more »

View Article  मधेसीको नागरिकता समस्या र ढल्केबरको घाम तपाई-२

Terai citizenship problems-2

-महेश्वर श्रेष्ठ

भो, चाहिंदैन मलाई त्यस्तो आनन्द । त्यस्तो आनन्द गर्ने भाग्य र मौका तपाईंलाई नै जुरिरहोस् ।अब च्याँठिने पालो उनको थियो र भनिन्, मानिसहरु गर्मीले प्याक-प्याक पर्न थालिसके । कोही विरामी पर्न थालिसके । भर्खर एघार बज्यो । चार बज्न अझै पाँच घण्टा बाकी छ । कसरि समय काट्ने हो । को को मानिस कति जरुरी कामले कहाँ कति बेला पुग्नु पर्ने होला । कस्तो फन्दामा फसियो बा........। कोही केही बोल्ने होइनन् । होइन, तपाईंले त गल्ती गर्ने मान्छे राजा नै किन नहोस्, अगाडि आउने साहस गरे उसलाई पनि हकार्छु भन्ने धक्कु लाउने गर्नु ...   more »

View Article  चिरा परेका नागरिक समाजबाटै द्धन्द्ध सिर्जना

 Politices of civil society

चन्द्रदेव भट्ट

विचार/Views

सन १९९० को दशकमा जे जस्तो भए पनि हालका दिनमा नेपालमा पनि साचिकै नागरिक समाज रहेको आभास गर्न सकिन्छ । दोस्रो जन आन्दोलनमा नागरिक समाज -विभिन्न किसिमका पेशागत समूहहरु तथा आमनागरिक) ले निर्वाह गरेको भुमिकालाइ त संसारले नै प्रशंसा गरनुपर्दछ । र यो एउटा अनौठो उदाहरण पनि हो जहां नागरिक समाजको अगुवाइमा २३७ वर्ष पुरानो राजसत्ता घुंडा टेक्न बाध्य भएको छ । यो आन्दोलनमा नागरिक समाजको भूमिका पर्वी युरोपको नागरिक समाजले सन १९८० को दशकको अन्त्य तिर निर्वाह गरेको भन्दा कम छैन । आन्दोलनको उपलब्धिको प्रमुख श्रेय नै नागरिक समाज तथा निजी ...   more »

View Article  नागरिक समाजको राजनीति र ब्यापार

 Politices of civil society 

चन्द्रदेव भट्ट

विचार/Views

विगत केही वर्षदेखि राजनीतिक मामिलामा नागरिक समाजको प्रयोग ब्यापक रुपमा भएको पाइन्छ । त्यसो त नागरिक समाज आफैमा नयां अवधारणा होइन । यसको प्रयोग पाश्चात्य राजनीतिक विज्ञानमा सोह्रौ शताब्दीदेखि नै भएको पाइन्छ । त्यस समयमा नागरिक समाजलाइ राज्यसंग तुलना गरिन्थ्यो । पछि सत्र्रौ शताब्दीमा आएर मात्र यसलाइ राज्यबाट पृथक रुपमा हेर्ने गरियो । नागरिक समाजको संगठित अध्ययनको प्रादुर्भाव भने पश्चिमा राजनीतिक चिन्तकहरुले गरेका हुन । प्राचिन कालमा समाज शास्त्रीहरुले नागरिक समाजलाइ समान आकाङक्षा भएका, न्यायिक समानताका पक्षधर मानिसहरु एकीकृत भएको संस्था वा संगठनका रुपमा ब्याख्या गरेको पाइन्छ । मध्यकालमा नागरिक समाजलाइ सम्पति ...   more »

View Article  सांसदले ढांटे स्वास्नीको संख्या

MP's fake report

मधुरिमा शर्मा

सर्वाधिकार सम्पन्न ससदबाट मुलुकमा न्यायपुर्ण परिवर्तनको अपेक्षा गरिएको वेला म भने यही संसदका एक सदस्यले आफनो परिवारमा दवाएर राखेको दर्दनाक अन्याय र यातना सार्वजनिक गरि रहेकी छु । यस्तो कुकृत्य गर्ने नेता अरु कोही नभएर मेरा ठूलाबाबा बागलुङका सासद टंक प्रसाद शर्मा कंडेल हुनुहुन्छ

दुनियालाइ न्यायको प्रत्याभुतिका लागि कानुन वनाउने निकायमा पुग्नु भएका सांसद कडेल घरमा भने घृणित प्रकृतीको अन्याय गरिरहनु भएको छ र दुनिया सामु आफुलाइ सभ्य देखाउन ससद सचिवालयलाइ समेत परिवारकावारेमा झुटो विवरण दिनु भएको छ । वहाका दुइ ओटी श्रीमतिहरु छन । कान्छी काठमाण्डौमा हुनुहुन्छ । जेठी चितवन माइतमा दुखपुर्ण दिन विताइ ...   more »

View Article  पेट्रोलियम पदार्थ आपूर्ति, मूल्य तथा बजार व्यवस्थापन समितिलाई सुझाव

Suggestions to petrol comitte 

श्री पेट्रोलियम पदार्थ आपूर्ति, मूल्य तथा बजार व्यवस्थापन समिति

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबार, काठमाडौं

विषयः- सुझाव पठाएको बारे ।

उपरोक्त सम्बन्धमा त्यस समितिले नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति, मूल्य निर्धारण तथा बजार व्यवस्थापनमा अपनाउनु पर्ने नीति तथा रणनीति बारे सुझाव माग गरी र्सार्वजनिक सूचना प्रकाशित गरेको हुंदा एक जना सचेत एवं जिम्मेवार नागरिकको हैसियतले नेपाली जनताको उच्चतम हितलाई ध्यानमा राखी निम्न सुझावहरु पेश गर्दछु ।त्यस समितिको अधिकार क्षेत्रबारे यस सुझावका प्रेषकलाई विस्तृत जानकारी छैन । समितिले मागेको सुझावमा आयात सम्बन्धी विषय नै नपरेको हुँदा त्यसको अधिकार एवं कार्यक्षेत्र नेपाल भित्री सकेको पेट्रोलियम पदार्थको आन्तरिक आपूर्ति, ...   more »

This Month
September 2006
Sun Mon Tue Wed Thu Fri Sat
1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30
Year Archive