MP's fake report
मधुरिमा शर्मा
सर्वाधिकार सम्पन्न ससदबाट मुलुकमा न्यायपुर्ण परिवर्तनको अपेक्षा गरिएको वेला म भने यही संसदका एक सदस्यले आफनो परिवारमा दवाएर राखेको दर्दनाक अन्याय र यातना सार्वजनिक गरि रहेकी छु । यस्तो कुकृत्य गर्ने नेता अरु कोही नभएर मेरा ठूलाबाबा बागलुङका सासद टंक प्रसाद शर्मा कंडेल हुनुहुन्छ
दुनियालाइ न्यायको प्रत्याभुतिका लागि कानुन वनाउने निकायमा पुग्नु भएका सांसद कडेल घरमा भने घृणित प्रकृतीको अन्याय गरिरहनु भएको छ र दुनिया सामु आफुलाइ सभ्य देखाउन ससद सचिवालयलाइ समेत परिवारकावारेमा झुटो विवरण दिनु भएको छ । वहाका दुइ ओटी श्रीमतिहरु छन । कान्छी काठमाण्डौमा हुनुहुन्छ । जेठी चितवन माइतमा दुखपुर्ण दिन विताइ रहनु भएको छ । जेठीलाइ केही पहिले हाम्रा माननीय सासद कडेलले घर न घाट पारेर घरबाट लखेटनु भएको हो ।
मेरो परिवार र मौन छरछिमेकी जेठीले भोगेको अन्यायका साक्षी हुन । एउटा माननियले गरेको अन्यायका विरुद्ध बालेर खतरा मोल्ने आट कसैले गरेनन । पहिले गाउका सम्पन्न परिबार कि छोरी छानेर विबाह भयो । प्रसस्तै दाइजो सहित भित्राइएकी श्रीमती चरम शोषणको सिकारमात्र भइनन, गोप्य रुपमा पैसा माइतबाट ल्याएर श्रीमानको माग पुरा गरेर घरजम वसाउने प्रयास पनि गरिन । कम पढेलेखेका र कुनै इलम र आय नभएका यी नेताले त्यतीवेला श्रीमती लाई आफनो चिया, सुर्ति, र अन्य खर्चका लागि पैसा असुल्ने माध्यम बनाए । जव माइतिले पैसा दिन बन्दगरे उनले माइतमा पैसा माग्न जान भन्दा श्रीमानको बढदो माग र दवाव अनुसार पैसा नल्याए बापत घरमै श्रीमानको पिटाइ खाने विकल्पलाइ रोजिन । फलस्वरुप घरमा दिनहुको कुटाइ खानु उनको दैनिकि बन्यो । कती रात पशू सगै बांधिएर, कति रात बाख्रा संगै तोरिएर, त कति रात सिस्नु र पानी जस्ता मध्ययुगिन यातना संगै विते उनका लाउलाउ र खाउखाउका दिन । बारंबार यसरी यातना र अन्याय सहेकी यी अवला झन अन्यायमा त कतिवेला परिन भने जब डुली रहने नेता श्रीमानले एक दिन अर्घि श्रीमति ल्याएर आए । घरमा जेठा बाठा र नेता भएकाले उनका हरेक कदम परिवारबाट अनुमोदन हुदै गएपछि जेठीका दशा झन बल्भि
mए उनलाई एउटा नरकिय जिन्दगी जिउन दिएको यो घरबाट लखेटिन पर्यो र माइतीको सरणमा पुगिन । र आज पनि माइति कै सरणमा छिन ।उनलाइ दिइएको यातना त्यो पनि उनैकि नातेदार मेरो मुखबाट निस्कन सक्दैन । कुनै हिंश्रक दत्यको भन्दा बढि ठुलो ताडना सहेकी एउटी महिला कथित हिन्दु नारीको रुपमा मलाई सवै कुरा भन्ने अनुमति सम्म दिनेछैनन् ।
साासद श्री कडेल तिन पटक चुनाव लड्नु भयो दुई पटक वडा सदस्य र पछिल्लो पटक ससद सदस्य । चितवनको माइतिमा बसेकी उनलाइ वहाले छिमेकि मार्फत वोलाएर भोट हाल्न लगाउनु हुन्थ्यो तर आउने जाने भाडा सम्म दिनु हुदैन्थ्यो भने भोट हाली सकेपछि घरमा पानी खान दिने त कुरै भएन । अझ धादली पुर्ण कुरा त के छ भने उनकि जेठी श्रीमतिको रुपमा मतदाता नामावलीमा आफैले नाम लेखाएकी आफनी विबाहित श्रीमतीलाई एक्काइस मतले चुनाव जितेका सांसद ले संसद सचिवालयमा पारिवारिक विबरण लेखाउदा भने एकमात्र श्रीमतीको रुपमा पछि ल्याएकी कान्छी श्रीमतिको नाम मात्र लेखाउनु भएको छ । देशको विधायीकालाई आफ्नैवारेमा झुटो विवरण दिने भन्दा निकृष्ट कार्य अरु के नै हुन सक्छ । आफ्नी श्रीमतिलाई घरबाट खेदेपछि लाउन खान र अंस समेत दिएका छैनन । यस पटक ससुरा -माननीय कडेलका पीता) को मृत्यु हुदाका बखत संगै किरिया गर्न समेत दिएनन् । माइतिका छिमेकीको घरमा वसेर काज कृया गरेकी उनले काजकृया वापतको खर्च समेत पाएकि छैनन । सम्पत्ती एउटा गौण विषय होला तर उनको अहिलेको उमेरमा सम्मानित रुपमा जिवन यापन गर्न पाउने कि नपाउने । उनको सामाजिक सुरक्षा हुनु पर्ने कि नपर्ने । उनले सामाजिक न्याय पाउने कि नपाउने ? उनलाई विहे गरि वैस र सम्पत्तिको षोशण गर्ने विबाह गरेको पतिबाट श्रीमतिको रुपमा सम्मान पाउने कि नपाउने ? एउटी नारीलाई विबाह गरि उसको सम्पत्ति र यौनको स्वषण गरि घरबाट लखेटने, श्रीमतिलाइ मध्ययुगिन र घृणित प्रकृतिको यातना दिने, घरमा श्रीमति हुदा हुदै अर्कि आइमाइ भित्राउने एउटा लोग्ने मानिसलाइ कारबाही हुनु पर्ने कि सम्मान । यी प्रस्नको उत्तर कसबाट पाउन सकिन्छ ।
आफ्नी जेठी श्रीमति लाई अस्वीकार गर्ने गायक उदित नारायण झालाइ विहार महिला आयोगले उपस्थित मात्र गराएन सार्वजनिक रुपमा माफि माग्नु पर्यो उदितले हाम्रा माननियले उदितले भन्दा अगाडी बढेर जेठीलाई यातना दिएर लखेटेर अपराध गरेका छन । हाम्रो संसदले यस्ता मानिसबाट न्याय दिलाएर कम्तीमा विहारको महिला आयोगको स्तर कायम गर्न सक्छ । आशा गरौ मेरा विचार लाइ स्थान दिएर पत्रपत्रिकाले सहयोग पुर्याउने छन ।