MP demands: US ambassador should punish

नेपालइन्फो टिप्पणी

भर्खरै लोकपि्रय सगरमाथा एफएम सुनिरहेको थिएं । उसले चलिरहेको प्रतिनिधि सभाको बैठकबारे एउटा समाचार प्रसारण गर्‍यो । समाचार निक्कै रोचक लाग्यो ।

हो, आजको प्रतिनिधि सभा बैठकमा विशेष समय लिंदै सांसद लिलामणी पोखरेलले अमेरिकी राजदूत जेम्सएफ मोरियार्टीलाइ सरकारले देश निकालाको निर्णय गर्नुपर्ने निक्कै चर्को माग गरेका छन । उनले भनेका छन-सेनाका व्यारेक-व्यारेक घुमेर मुलुकको आन्तरिम मामिलामा हस्तक्षेप गरिरहने हो भने मोरियार्टीलाई देश निकाला गर्नुपर्छ ।

पोखराल प्रतिनिधि सभामा सशक्त आवाज घन्काउने एक वाम सांसद हुन । उनी हरेक विषयमा सशक्त आवाज उठाउछन । वास्तवमै उनको यो प्रयासको प्रसंसा गर्नै पर्छ । तर, उनी सानो दलका सांसद हुन । उनको आवाजले राज्यलाइ छुंदैन र, उनले उठाएका गम्भीर विषय पनि त्यसै ओझेलमा पर्छन । यो विगतमा देखिएको तथ्य हो । यद्यपी अहिले उनकै पार्टीका नेता अमिक शेरचन उपप्रधानमन्त्री रहेकाले यो आवाजलाइ उनले सरकारभित्र कतिको उठाउन सक्छन र निर्णय तहमा पुर्‍याउलान हेर्न बांकी छ ।

पोखरेलले त्यस्तो माग नगरुन पनि कसरी, मोरियार्टीले साच्चै नेपालको संवेदशील विषयमा हात हालेका छन । सैनिक व्यारेक व्यारेक घुम्ने र त्यहांका आन्तरिक जानकारी विदेशीले लिनु चानचुने कुरा होइन । वास्तवमै यो राज्य र राज्यको सुरक्षा मामिलामा नाङो विदेशी हस्तक्षेप हो । यसले वाहृय मुलुकसंग लडने स्थिति आयो भने नेपालको हैसियत कमजोर हुने छ । हुन त राजनीतिमा जति भारतको प्रभाव छ, त्यति नै नेपाली सेनामा अमेरिकी प्रभाव रहेको कुरा सार्वजनिक जस्तै भैसकेको छ । तसर्थ राजदूतमात्र होइन, सेनामा रहेका अमेरिका भक्तहरुमाथि पनि कारवाही चलाउन ढिला गरिनु हुन्न ।

मोरियार्टीलाइ देश निकाला गरे नेपाली बेखुसी हुनुपर्ने कुनै आवश्यकता छैन । किन की नेपालीहरुको महान जनआन्दोलनको जग सात दल माओवादीबीच भएको १२ बुंदे सहमतिको विरोध गर्ने, राजालाइ उक्साएर लोकतन्त्र समाप्त पार्ने र लोकतन्त्रपछि पनि मुलुकका राजनीतिक शक्तिलाइ मिलेर काम गर्न नदिन चलखेल गर्ने उनको काम नेपालीका लागि सैहृय छैन । नेपाल बिग्रे पनि सप्रे पनि कुनै मतलब नभएका यी खैलेलाइ छिटो भन्दा छिटो देशबाट खेदेमा निश्चय नै मुलुकभित्रको राजनीति एउटा नयां दिशामा जाने छ र, नेपाली जनताको शान्तिको आकांक्षा पूरा हुनेछ । तर, नेपालको सरकारले पोखरेलले जस्तै हिम्मत गर्ला भनेर सोच्न सकिन्न ।

नेपालमा मोरियार्टीमात्र होइन, अन्य विदेशी राजदूत पनि छन । तर तिनले चुपचार रहन सक्ने मोरियार्टीलाइ चाहिं हरेक छटपछि भइरहने किन हो भन्ने पनि खोतलखातल गर्ने विषय हो ।