If king.....announce republician

एमाले महासचिव माधवकुमार नेपालले राजतन्त्रले साँच्चीकै शक्ति प्रदर्शन गर्न खोजे अन्तरिम ब्यवस्थापिका संसदलेनै मुलुकमा गणतन्त्रको घोषणा गर्ने चेतावनी दिनुभएको छ । मधेशीले अहिले उठाएका मुद्दा राजनितिक दलहरुले पहिलेनै उठाएको भन्दै त्यसविषयमा आठदलले नै राजनितिक निकाश दिने वताउनुभएको छ ।
वुद्धिजीवि सहयोग समितिद्वारा आज राजधानीमा आयोजीत कार्यक्रममा वोल्दै महासचिव नेपालले तराइका मुद्दाको आडमा प्रतिगामी र अतिवादी शक्तिले आफ्नो शक्ति प्रदर्शन गर्न खोजेको वताउनुभयो । तराइका समस्यालाई राजनितिक दलले नै समाधान गर्नुपर्ने र समानुपातिक निर्वाचन प्रणाली जस्ता मौलीक मुद्दालाई ठाउँदिनुपर्ने विषयमा प्रधानमन्त्रीसंग कुराकानी भएको नेपालले जानकारी दिनुभयो । more »