Take actions against Government

१९ माघको निरंकुश सत्तालाई वैधता दिने र जनताको महानआन्दोलनको अवमूल्यन गर्ने गरी राजा ज्ञानेन्द्रले दिएको अभिव्यक्ति सरासर अतिवादी थियो । सरासर जनभावना विपरित थियो र राजनीतिक परिवर्तनमाथिको एक मुक्का थियो ।
त्यसैले ७ फागुनमा राजा ज्ञानेन्द्रबाट आएको वक्तव्यको विरोधमा सडकदेखि सदनसम्म तात्यो । सडकबाट युवा विद्यार्थीले ज्ञानेन्द्र विरुद्ध कडा कारबाहीको माग राखे । सदनमा गैडा तस्करीदेखि दाजुमारासम्मको आरोप लाग्यो ज्ञानेन्द्रमाथि । सदन यति कडा रुपमा प्रस्तुत भयो कि जसले राजालाइ कडा भन्दा कडा कारबाही गर्नुपने्र प्रस्ताव नै पारित गर् यो ।
उसले राजामाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको एक साता बितेको छ । तर कारबाहीको सुइकोसम्म मिलेको ... more »