What heppen to ministers ?
जण्डिस रोगको उपचार गराउन उपप्रधानमन्त्री केपी शर्मा ओली बैंकक जादै छन भने राजीनामा दिएका उद्योग मन्त्री ह्देयश त्रिपाठी ओम अस्पतालमा उपचार गराइरहेका छन ।
छ जना मन्त्री र प्रधानमन्त्री निवास वालुवाटारका नौ जना कर्मचारी एउटै रोगले ग्रसित भएका छन । जन्डिसवाट संक्रमित हुने क्रम तिव्र हुदा समेत प्रधानमन्त्री निवास वालुवाटारमा जन्डिस कसरी फैलियो भनेर पानी र खानाको परिक्षण र अनुसन्धान भने भएको छैन ।
जन्डिसकै कारण अस्वस्थ भएर अस्पताल भर्ना हुनुभएकी कांग्रेस नेत्री नोना कोइरालाको अघिल्लो आइतवार निधन भएको थियो । टाइफाइड र जन्डिसले ग्रसित उपप्रधानमन्त्री के पी ओलीको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ उनी बैंकक जादैछन । पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रदिप ज्ञावली गत साता जन्डिसकै कारण मेडिकेयर अस्पताल भर्ना भएको थियो भने भुमिसुधार मन्त्री प्रभुनारायण चौधरी जन्डिसको उपचार वि एण्ड वी अस्पतालमा गराभएक थियो । श्रम राज्यमन्त्री रमेश लेखक उद्योग तथा आपुर्ति मन्त्री हृदेश त्रिपाठी शिक्षा मन्त्री मंगलसिद्धी मानन्धरलाई पनि जन्डिस भएको छ । खाना र पानी वाट सर्ने यो रोगले प्रधानजमन्त्री निवासमा नै वस्ने एक जनाको मृत्यु र ६ जना मन्त्री विरामी पर्दा समेत कुनै छानविन भएको छैन ।
प्रधानमन्त्री निवास वालुवाटारमा परराष्ट्र मन्त्रालयले क्याटेरिङवाट झिकाउने खाना र लामो अनमोल क्यटेरिङले खाना उपलब्ध गराउने गरेको छ । प्रधानमन्त्री निवासमा नै धेरै समय विताउने निजी सचिव वालकृष्ण दाहाल दिवाकर गौतम अंगरक्षक महेन्द्र मरासनी निजि सहयोगी रामदेव िसंह उत्तम चौधरी र त्यहाँ कार्यरत अरु दुई सुरक्षकर्मीलाई पनि जन्डिस भएको छ ।
प्रधानमन्त्री स्वयम अस्वस्थ छन । उनका सहयोगी ६ जना मन्त्रीहरु जन्डिसको कारण विरामी भएका छन् । कति मन्त्री त नियमित मन्त्रालय आउन समेत सकिरहेका छैनन । प्रधानमन्त्री निवासमा नै खाना खाए पछि विरामी पर्ने गरेको सार्वजनिक भइसक्दा पनि खाना र पानीको परिक्षण गर्नु र रोग फैलनुको कारण खोजी नगर्नु विडम्वना नै हो ।