What is in his cap ???

लोकतन्त्र आयो रे, सेना जनताको मातहतमा आयो रे, सेनामा राजाको प्रभाव सकियो रे । यी सबै रे का कुरा भए । पोखरामा एक जना जर्नेलले दिएको राजनीतिक भाषणले पक्कै पनि यी सबै रे लाई लोप्पा ख्वाएको छ ।
यतिमात्र नभएर सेनाको शिरमा अहिले पनि तानाशाही र दाजु मारा राजा ज्ञानेन्द्रको तस्वीर छ भनेर पत्याउन गाह्रो पर्ला । तर सत्य यही हो । प्रधानसेनापति रुकमाङगत कटुवालको शिरमा त यस्तो छ भने अरुले त्यसलाइ नपछयाउने कुरै छैन ।
हिजो संसद सचिवालयमा एक जना सांसदले त्यो देखिहालिछिन । अनि कटवाललाइ परेछ अफटेरो । सेनाले राजनीतिक भाषण गरेकोमा स्पष्टिकरण मागिएपछि हिजो संसद सचिवालयमा पुगेका प्रधानसेनापति कटुवाललाई माओवादी सांसद अमृता थापाले सोधिन्- ुयो टोपीमा भएको राजाको चिन्ह कहिले हटाउने ? चिया खाने समयमा सोधिएको प्रश्नको जवाफ दिँदै सेनापतिले भने- ुतपाईंले यो प्रश्न सोध्नुहुन्छ भन्ने मलाई पहिल्यै लागेको थियो । म पनि तपाईंजस्तै भएको भए त्यस्तै प्रश्न सोध्थें ।
कहिले हटाउने भन्ने प्रश्नको उत्तरै नआए पनि माओवादी सांसद थापाले थप प्रश्न सोधिनन् । बरु उत्तर दिइएपछि सेनापति र सुनेपछि सांसद थापा दुवै मुस्कुराएका थिए ।