Which model ? 
सात सालदेखि अल्झिएको संविधान सभाको निर्वाचन आगामी जेठ महिनाभित्रै गर्ने सहमति आठ दलबीच भएको छ । यद्यपी तराईमा उत्पन्न तनावले प्रस्तावित तिथिमै निर्वाचन हुने हो कि होइन भन्ने आशंका उब्जिएको छ । यही स्थितिमा पनि निर्वाचन आयोग भने जोडतोडले निर्वाचन तयारीमा जुटेको छ । 
विडम्बना चाहिँ के छ भने जेठमा हुने भनिएको निर्वाचनमा कुन प्रणाली अपनाउने भन्ने निधो हुन सकिरहेको छैन । राजनीतिक दलमात्र होइन निर्वाचन प्रणालीका बारेमा विज्ञ र नागरिक समाजका अगुवा समेत आ-आफ्नो मान्यता अगाडि सारिरहेका छन । निर्वाचन प्रणाली कुन कुन हुन सक्छन र तिनको सकारात्मक र नकारात्मक पक्ष के हुन भनेर केलाइएको पाइदैन ...   more »